शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ शक्ति विद्यार्थी युनियनमा गौतम

मङ्गलबार, २७ भदौ २०७४, १५ : ०८
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौँ । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । 

नयाँ शक्ति नेपाल निकट सो विद्यार्थी युनियनको यही भदौ २३ देखि २६ गतेसम्म भएको महाधिवेशनले सो नयाँ नेतृत्व चयन गरेको हो । 

समितिको महिला उपाध्यक्षमा तारा शर्मा, महासचिवमा नेत्र चापागाईं, खुल्ला सचिवमा विकल पौडेल र कोषाध्यक्षमा ओमनारायण महतो चयन भएका छन् । 

समितिमा विभिन्न प्रदेश र समावेशिताका आधारमा उपाध्यक्षहरु र सचिवहरु रहेको सचिव पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप