शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ

बुधबार, २१ साउन २०७७, १३ : ०८
बुधबार, २१ साउन २०७७

मोरङ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गतवर्र्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमिनमा २२ हजार ९८३ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमिनमा ८२ हजार २४ अर्थात ९० प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमिनमा दुई लाख १५ हजार २०२ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत धान रोपाइँ भइसकेको छ ।

रोपाइँको स्थितिलाई नियाल्दा सबैभन्दा बढी उत्पादन हुने जिल्ला झापामा ९८ प्रतिशत, मोरङमा ९४ प्रतिशत र सुनसरीमा ९३ प्रतिशत धान रोपाइँ भएको छ । रोपाइँ सबैभन्दा बढी शतप्रतिशत ओखलुढुङ्गामा चार हजार ४०३ हेक्टर जमिनमा र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जमिनमा धान रोपाइँ भएको पाइएको छ ।

भौगोलिकताको आधारमा तुलना गर्दा उच्च पहाडी क्षेत्रमा ९५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९० प्रतिशत र मध्यपहाडी क्षेत्रमा ९५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् । मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष धान लगाउन किसानले पानीको समस्या झेल्नुपरेको छैन भने यसको क्षेत्र अझ बढ्ने उनले बताइन् । असार १५ गतेसम्ममा २२ प्रतिशत मात्र रोपाइँ भएको यस क्षेत्रमा १५ दिन पहिले ८२ दशमलव ५१ प्रतिशत भएको थियो भने अहिले मौसम अनुकूलताले धान रोपाइँको क्षेत्र बढेको र अभैm केही प्रतिशत धान रोपाइँ बढ्ने निर्देशनालयको अनुमान छ । 

यस्तै अहिले धानमा गवारो र ब्लाष्ट (डडुवा) रोगको पनि प्रकोप बढेकाले किसानले समयमै रोग र किराको व्यवस्थापन गर्न सक्यो भने निश्चितरुपमा विगत केही वर्षदेखिको तुलनामा यस वर्ष धानको उत्पादन धेरै राम्रो हुने प्रवक्ता श्रेष्ठको भनाइ छ । धान रोपाइँको स्थितिलाई हेर्दा सरकारले धान दिवसको अवसरमा दिएको नारा ‘धान उत्पादन वृद्धि, आत्मनिर्भरता समृद्धि’ को पाटोमा टेवा पुग्ने विश्वास जागेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप