बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जानाजानी विपक्षी खेलाडीमाथि खोके रातो कार्ड

बुधबार, २१ साउन २०७७, १२ : ४७
बुधबार, २१ साउन २०७७

कुनै पनि फुटबल खेलाडीले विपक्षी खेलाडीमाथि जानाजानी खोके रातो कार्ड पाउने इङ्ग्लिस फुटबल एशोसिएसन (एफए) द्वारा प्रकाशित कोभिड–१९ सम्बन्धी नयाँ नियममा उल्लेख गरिएको छ । गत हप्ता प्रकाशित गरेको यो नियम महामारीबीच सुरु गरिएको बेलायतका तल्लो तहका फुटबल खेलहरुमा लागू हुनेछ ।

नयाँ नियमका अनुसार कुनै पनि खेलाडीले विपक्षी खेलाडी वा खेल अधिकारीको मुखमा जानाजान खोकेको पाएमा रेफ्रीले ती खेलाडीलाई रातो कार्ड देखाउन सक्नेछन् । यो नियम तत्कालै लागू हुने बताइएको छ ।

यस मामिलामा रेफ्रीले नै ती खेलाडीले जानाजानी वा अन्जानमा खोकेका हुन् भनेर सुनिश्चित गर्नुपर्नेछ । यदी कुनै खेलाडीभन्दा टाढा खोकेमा यो अन्जानमा सो घटना भएमा रेफ्रीले कारवाही गर्न पाउनेछैनन् ।

त्यस्तै, सो घटना गम्भीर नभएमा रेफ्रीले पहेँलो कार्ड दिएर चेतावनी पनि दिनसक्ने नयाँ नियममा उल्लेख गरिएको छ ।

नयाँ नियममा रेफ्री र खेलाडीलाई थुक्न र चिच्याउने कार्य नगर्न आग्रह गरिएको छ भने गोलको खुसियाली मनाउँदा शारीरिक सम्पर्क नगर्न भनिएको छ ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप