शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट पर्सामा थप एकको मृत्यु

बुधबार, २१ साउन २०७७, ११ : ४४
बुधबार, २१ साउन २०७७

वीरगन्ज । कोरोनाभाइरस संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।
वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको सिंहले पुष्टि गरे । 

साउन १८ गते नारायणी अस्पतालमा गरिएको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । 

सोमबार मात्रै पर्साको जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर ८ की १८ वर्षिया युवतीको मृत्यु भएको थियो । सोमबार राति मृत्यु भएकी युवतीमा  मंगलबार अबेर कोरोना संक्रमण पुष्टि भएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप