कोरोनाभाइरसको संक्रमणबाट प्रत्येक १५ सेकेन्डमा एक जनाले ज्यान गुमाउँदै
बुधबार, २१ साउन २०७७, ११ : ४०
कोरोनाभाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या बुधबार ७ लाख कटेको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा यतिबेला धेरैले ज्यान गुमाइरहेका छन् ।
समाचार एजेन्सी रोयटर्सको पछिल्लो दुई हप्ताको तथ्यांकअनुसार कोरोनाभाइरसका कारण प्रत्येक २४ घण्टामा ५९ सय मानिसले ज्यान गुमाइरहेका छन् । जसअनुसार प्रत्यके घण्टा २४७ जना तथा प्रत्येक १५ सेकेन्डमा १ जनाले ज्यान गुमाइरहेका छन् ।
यतिबेला अमेरिका र ल्याटिन अमेरिका महामारीको नयाँ केन्द्रविन्दु बनेका छन् । ६४ करोड जनसंख्या रहेको ल्याटिन अमेरिकामा कोरोनाभाइरसको महामारी निकै ढिला गरी पुगेको थियो । तर, त्यहाँ पुगेपछि अधिकारीहरुलाई संक्रमणलाई नियन्त्रण गर्न संघर्ष गर्नु परिरहेको छ ।
उता, ३३ करोड जनसंख्या भएको विश्वकै धनी मुलुकमध्ये एक रहेको अमेरिका पनि भाइरस नियन्त्रण गर्न संघर्षरत रहेको छ ।
स्रोतः रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान