डिसीमा सामाजिक दूरी कायम गर्दै जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भव्यताको साथ सम्पन्न
डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा झन्डै एक दशकदेखि आफ्नो धर्म,संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले स्थापित डिसी नेपाली समाजले यस वर्ष पनि जनैपूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको छ ।
अमेरिकामा कोरोना भाइरसको महामारी भएता पनि मास्क (मुखावरण)लगाई र सामाजिक दूरी कायम गर्दै सोमबार विधिपूर्वक कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
बिहान ७ बजेदेखि साँझ ६ बजेभित्र जनै तथा रक्षा बन्धन पूजन तथा मन्त्रणा गरी वितरण गरिएको थियो । हरेक वर्ष डिसी महानगर क्षेत्रका नेपाली समुदायहरुको घुइँचो रहने यस पर्वमा यस वर्ष पनि अपेक्षा गरे भन्दा मानिसहरु ज्यादा आएका थिए ।
हरेक वर्ष यस दिन डिसी क्षेत्रका हजारौलाई क्वाटी समेत खुवाइने गरिन्थ्यो भने यस पटक क्वाटी नभएता पनि फलाहार वितरण गरिएको थियो ।
सो अवसरमा पण्डित गुरू राजेन्द्र खनालले वैदिक विधिपूर्वक जनै तथा रक्षा बन्धन पूजन तथा मन्त्रणा गरी वितरण गरेका थिए । सामाजिक दूरीलाई कायम राख्न सजिलो होस भनेर बाहिर खुल्ला ठाउँमा टेबुलमा ब्यबस्थित रुपले मन्त्रणा गरिएका जनै, रक्षा बन्धन र पूजन सामग्रीका पुरिया राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार