विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ ? यी सामानमा हुन्छ भन्सार छुट
काठमाडौं–के तपाई विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने भन्सार छुटका विषयमा जानकारी राख्नुहोस् । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा आयातित सामानहरुमा प्राप्त हुने भन्सार छुटका विषयमा जानकारी लिनुभयो भने यात्रा सहज हुन्छ ।
कानुनले वर्जित गरेका सामान नेपाल फर्कदा ल्याउन पाईदैन । यो सबैलाई ज्ञान भएको विषय भयो । तर शतप्रतिशत भन्सार छुट हुने वस्तुहरु र भन्सार तिर्नुपर्ने सामाग्रीहरुबारे धेरैलाई ज्ञान नहुन सक्छ ।
सुनको गहना ५० ग्रामसम्म , चाँदीको गहना पाँचसय ग्राम तथा एक लाख रुपैया बराबरको जवाहरात जडित गहनाहरु साथमा ल्याउन सकिन्छ । आफुले कोठामा प्रयोग गरेका लुगाहरु लिएर आउँदा पनि भन्सार छुट छ । यस अन्तर्गत लुगाफाटा , विछ्यौनाहरु पर्दछन् ।
शारीरिक अशक्तले आफ्नो सहाराको लागि ल्याएको सामान तथा उपचार गरि फर्कदा ल्याइएका औषधीहरुमा भन्सार छुट गरिएको छ । एक थान क्यामेरा,मोबाइल, पेन ड्राइभ र घडी विना भन्सार शुःल्क ल्याउन सकिन्छ ।
भान्सामा प्रयोग गरिने खाद्य सामाग्री सात किलोसम्म ल्याउनलाई भन्सार छुट छ । मदिराको हकमा भने एक लिटरसम्मलाई भन्सार छुट गरिएको छ ।
३२ इन्चसम्मको टिभिलाई भन्सार छुट गरिएको छ । एक भन्दा बढि टिभी ल्याउन अनुमति छैन । ३२ इन्च भन्दा टिभि ठुलो भए इन्च अनुसारको भन्सार महशुल तिर्नुपर्छ ।
ट्राइसाइकल र बच्चा राख्ने पेराम्वुलेटर एक÷ एक थानलाई भन्सार छुट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा