बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्व स्वास्थ्य संगठनद्वारा रूसलाई भाइरस खोपसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह

मङ्गलबार, २० साउन २०७७, २२ : ४८
मङ्गलबार, २० साउन २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।  मङ्गलबार मस्कोले तुरुन्तै कोभिड–१९ को खोपको उत्पादन सुरु गर्ने तयारीबारे मङ्गलबार घोषणा गरेपछि राष्ट्रसंघीय उक्त संगठनले रूसलाई सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्ने दिशानिर्देशनहरूको पालना गर्न आग्रह गरेको छ ।

खोपबारे रूसी दावी 

रूसले सोमबार सेप्टेम्बरमा कोरोनाभाइरस खोपको व्यापक उत्पादन गर्ने र अर्को बर्षमा प्रतिमहिना खोपको ‘करोडौँं’ मात्रा उत्पादन गर्ने लक्ष्यबारे जानकारी गराएको थियो ।  “हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,” उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए ।  उनले भने, “हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछौं । अर्को बर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।” खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् । 

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताकालागि आवश्यकप्रक्रिया सुरू भइरहेको बताएका थिए । गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपको लाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनको भनाइ

रूसी घटनाक्रमका बारेमा सोध्दा डब्ल्यूएचओका अधिकारीले सबै खोप प्रयोगका लागि योगदान गरेका उम्मेद्वारहरु बाहिर निस्कनु अघि परीक्षणको पूर्ण चरणमा जानुपर्छ । “हाम्रा स्थापित अभ्यास र दिशानिर्देशहरू छन्,” डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा संयुक्त राष्ट्र संघमा पत्रकारहरूसँग भने ।

“अवश्य पनि उत्पादनका लागि कुनै पनि खोप वा औषधिले अनुमतिपत्र प्राप्त गर्नुपर्छ । उनीहरूले विभिन्न परीक्षणहरू पार गर्दै अघि बढ्नुपर्छ,” उनले भने । कहिलेकाँही अनुसन्धानकर्ताहरूले दावी गर्छन् कि उनीहरूले केहि नवीन कुरा भेटे जुन वास्तवमै खुशीको समाचार हुन्छ । हुनसक्छ कसैले खोप विकास गर्ने वा पत्ता लगाउने काम ग¥यो तर यसले खोपको आधिकारिकताका लागि धेरै चरणहरू पार गर्नपर्छ । खोप विकासको मार्ग भेट्नु र सबै काम गर्ने खोप बनाउनुमा ठूलो भिन्नता छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप