मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले बोलाए पनि प्रचण्ड गएनन् बालुवाटार

मङ्गलबार, २० साउन २०७७, २२ : २०
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । देशभर कोरोनाको महामारी फैलिएपछि प्रधानमन्त्री केपी शर्माओलीले स्वास्थ्य तथा आर्थिक क्षेत्रका विज्ञहरुसँग आज आफ्नो सरकारी निवासमा छलफल गरेका छन् । त्यसमा राजनीतिक दलको तर्फबाट प्रतिपक्षी दलका नेताहरु नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको पनि उपस्थिति थियोे तर सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) को तर्फबाट त्यहाँ कोही देखिएका थिएनन् ।
पार्टी तथा त्यस क्षेत्रसँग सम्बन्धित विज्ञहरुसँग सल्लाह गर्न प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई नबोलाएको होला र ? धेरैको मनमा आज दिनभरि यही जिज्ञासा चलिरह्यो । तर त्यस्तो होइन, प्रधानमन्त्री अ‍ोलीले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि छलफलका लागि बोलाएका थिए । तर उनी आफ्नो कार्य व्यवस्तता कारण त्यहाँ उपस्थित भएनन् ।

बालुवाटार स्रोत भन्छ, ‘नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको प्रतिक्षा पनि भएको थियो, उहाँ आउनुहुन्छ भनि एकछिन वेट पनि गरिएको थियो तर उहाँ नआएपछि बैठक शुरु भएको थियो । प्रचण्ड आउनुहुन्छ भनेर उहाँका लागि छुट्टै कुर्सी राखिएको थियो तर उहाँ नआएपछि अन्तिम समयसम्म त्यो कुर्सी खाली नै थियो ।’

पार्टीको आन्तरिक विवादलाई लिएर दुईजना अध्यक्षको बीचमा द्धन्द चलिरहेको छ । करिब एक महिनदेखि दुईजना अध्यक्षको बीचमा पार्टीको विवाद समाधान बाहेक अन्य विषयमा कुरा हुन छाडेको छ । त्यसअघि उनीहरुको बीचमा सरकार सञ्चालनको विषयमा पनि छलफल हुन्थ्यो । बालुवाटारमा हुने अन्य समसामयीक विषयहरुको छलफलमा अध्यक्ष प्रचण्डको पनि सहभागिता हुन्थ्यो तर असार १० देखि शुरु भएको स्थायी कमिटीबाट उत्पन्न भएको विवादका कारण उनीहरुको बीचमा पार्टीबाहेक अन्य विषयमा छलफल नै हुँदैन ।

पहिला पहिला अध्यक्ष प्रचण्डलाई आवश्यक परेको बेला प्रधानमन्त्री ओलीलाई नसोधिकन सिधै बालुवाटार पुग्थे र आवश्यक छलफल गर्थे तर अहिले प्रधानमन्त्री अ‍ोलीले नबोलाएसम्म, समय नदिएसम्म बालुवाटार जाँदैनन् प्रचण्ड ।पछिल्लो समय दुईजना बीचमा यस्तो मनमुटाव भएको छ कि आज प्रधानमन्त्री ओलीले त्यस्तो महत्वपूर्ण विषयमा छलफलका लागि बोलाउँदा पनि उनी गएनन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप