बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानको नयाँ नक्साबारे भारतको प्रतिक्रिया

मङ्गलबार, २० साउन २०७७, २२ : १३
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । भारतले पाकिस्तानको यस नयाँ नक्सालाई अस्वीकार गर्दै यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता नरहेको प्रतिक्रिया दिएको छ । 

 भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति निकाल्दै भनेको छ,‘हामीले पाकिस्तानको तदाकथित ‘राजनीतिक नक्सा’ देखेका छौं, जसलाई प्रधानमन्त्री इमरान खानले जारी गरेका छन् । यहाँ  भारतीय राज्य गुजरात र हाम्रा केन्द्र शासित प्रदेश जम्मूू–कास्मिर र लद्दाखका क्षेत्रमा आधारहीन दाबेदारी छ, यो राजनीतिक मुर्खतामा उठाइएको एक कदम हो । यस हास्यास्पद दाबीको न कुनै कानूनी वैधता छ, न कुनै अन्तर्राष्ट्रिय विश्वसनियता । वास्तविकता यो हो कि पाकिस्तानको यो नयाँ प्रयासले केवल सीमामा आतंकवादद्धारा समर्थित क्षेत्र–विस्तारको पाकिस्तानको सनकको धरातलको पुष्टि गर्छ ।’

मंगलबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत स्वशासित कास्मिरी भूूभाग समेत समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेलगत्तै भारतको यस्तो प्रतिक्रिया आएको हो । 
भारतले कास्मिरको अर्ध स्वायत्तता खारेज गर्ने कदम चालेको एक वर्ष पुुग्न एक दिन बाँकी रहदाँ पाकिस्तानी प्रधानमन्त्रीले नयाँ नक्सा सार्वजनिक गरेका हुन् । विदेशमन्त्री साह मेहमुद कुरैसीसँगै राष्ट्रका नाममा सम्बोधन गरेका प्रधानमन्त्री इमरानले मंगलबार नै नयाँ नक्साले केन्द्रीय क्याबिनेटबाट स्विकृति पाएको र यसलाई स्कुल र कलेजमा पठन–पाठनमा समेत प्रयोग गर्न सकिने बताए । 

भारतले गत वर्ष ५ अगस्टमा जम्मूूूूूू–कास्मिरको स्वायत्तता खोस्ने तथा लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउनेगरी चालेको कदमलाई यस नक्साले अमान्य ठहर गरेको  इमरानले बताएका छन् । इमरानका अनुसार संयुक्त राष्ट्रसंघले विगतमा ल्याएको समाधान प्रस्तावले कास्मिरी जनतालाई आत्मनिर्णयको अधिकार दिएको छ । ‘उनीहरुलाई विश्व समुदायले दिएको आत्मनिर्णयको अधिकार अझै दिइएको छैन र हामी स्पष्ट रुपमा विश्वलाई भन्न चाहन्छौं कि यो एकमात्रै समाधान हो,’ उनले भने । उनले समाधानका लागि पाकिस्तान सरकारका तर्फबाट प्रयास गरिने पनि बताए । ‘हामी राजनीतिक संघर्ष गछौं, हामी सैनिक समाधानमा विश्व गर्दैछौं । हामी संयुक्त राष्ट्रसंघलाई फेरि फेरि पनि संझाउँछौं कि तपाईहरुले कास्मिरका जनतासँग गर्नुुभएको प्रतिवद्धता पूरा गर्नुु भएको छैन,’ उनले भने । 

नयाँ नक्साबारे बोल्दै पाकिस्तानी विदेशमन्त्री कुरैसीले प्रशासनिक नक्सा विगतमा जारी गरिएपनि जनताको इच्छाअनुसारको नक्सा पहिलोपटक सार्वजनिक भएको बताए । उनले यस नक्सामा स्पष्ट रुपमा भारत स्वशासित कास्मिरलाई विवादास्पद भूमीका रुपमा देखाइएको र एउटै समाधान संयुक्त राष्ट्रसंघको समाधान प्रस्ताव र जन चाहनाअनुसार अघि बढ्नुु रहेको बताए । कुरैसीले नयाँ नक्साबारे सम्पूर्ण पाकिस्तानमा एकमत रहेको बताए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप