फ्लोरिडा ओपन तेक्वान्दोमा राजुलाई स्वर्ण
काठमाडौं । नेपालले फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित कुल तीन पदक जितेको छ । ओङ्स तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालले एक स्वर्ण तथा समान १÷१ रजत र कांस्य पदक जितेका हुन् ।
नेपालका लागि राजु नगरकोटीले स्वर्ण, सञ्जीव नेपालले रजत र सन्दीपा अमगाईंले कांस्य पदक दिलाएका थिए । राजुले ५० वर्षमुनि उमेरसमूहको पुम्सेमा स्वर्ण जित्न सफल भए । उनले आयोजक राष्ट्रका पाब्लो अबलुजालाई पराजित गरे ।
राजुले कुल ५.७६७ अंक प्राप्त गर्दा पाब्लोले ५.४६७ अंक बटुलेका थिए । ४० वर्षमुनि उमेरसमूहको पुम्सेमा सञ्जीव भने रजत पदकमै खुम्चिए । उनी अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे । गिलबर्टले ६.६६० अंक र सञ्जीवले ५.८३३ अंक पाएका थिए ।
त्यसैगरी महिला ३० वर्षमुनि उमेरसमूहमा नेपालकै सन्दीपा अमगाईंले ५.९६७ अंक प्राप्त गर्दै कांस्य पदक जितिन् । सोही उमेर समूहमा बिट्रिज बेलिसेनले ७.१६७ अंक र फिलिपिन्सकी जान पाउ जेनेरोसले ६.७६७ अंक प्राप्त गर्दै क्रमशः शीर्ष दुईमा रहे । च्याम्पियनसिपमा अष्ट्रेलिया, क्यानडा, अमेरिकी, फिलिपिन्स, मलेसिया, सिंगापुर, डेनमार्क र स्लोभानियालगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । उक्त च्याम्पियनसिपमा क्याडेट, जुनियर तथा सिनियरतर्पm प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा आयोजक अमेरिकी पहिलो, फिलिपिन्स र सिंगापुर तेस्रो भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने