बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २० साउन २०७७, १५ : १७
मङ्गलबार, २० साउन २०७७

 कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ । 
आज गरिएको परीक्षणमा ७ महिला र २६  पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमितमा अछाम, कैलाली र  कञ्चनपुरका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेस्ठले रातोपाटीलाई जानकारी दिए ।  
हालसम्म १७ हजार ८६६ जनामा यस अस्पतालबाट कोरोना जाँच गरिएकामा १६ हजार ३७२ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप