शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बम विस्फोट गराउने अभियुक्त ९ वर्षपछि पक्राउ

मङ्गलबार, २० साउन २०७७, १५ : ०६
मङ्गलबार, २० साउन २०७७

बाँके । सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ । मालपोत, भूमि सुधार लगायतका कार्यालयमा  बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका  डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते छ/छ महिना कैद र पाँच/पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
सरकारी कार्यालयबाहेक अन्य विस्फोटका घटनामा पनि उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । २०६८ साल चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले २०७२ साल माघ १८ गते छ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । 

बाँके प्रहरीले अहिले अदालतको आदेश कार्यान्वयन गराउन फरार अभियुक्तलाई खोजतलास गर्ने अभियान सञ्चालन गरेको छ । सोही अभियानकै क्रममा राढलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रानाको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप