शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सकिएन छाँङ्गोबाट शव झिक्न

मङ्गलबार, २० साउन २०७७, १४ : ३३
मङ्गलबार, २० साउन २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।

कामी लामा यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाङ्गोमा देखिएको वडाध्यक्ष लामाले जानकारी दिए । छाङ्गो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको स्थानीयवासीको भनाइ छ । अहिले शव कसरी झिक्न सकिन्छ भनेर अहिले स्थानीयवासी लागिपरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप