राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अख्तियारको फन्दामा
मङ्गलबार, २० साउन २०७७, १४ : २७
काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना अख्तियारको फन्दामा परेका छन् । रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २ लाख नगद रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत प्रमुख रानाले कपिलबस्तु कृष्ण नगरका व्यापरी अनिल कुमार झासगँ घुस वापतको रकम लेनदेन गर्दैगर्दा कार्यलय नजिकको बुद्धचोकबाट पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा.भीष्मप्रसाद भुसालले रातोपाटीलाई जानकारी दिए ।
नियन्त्रणमा लिएका रानालाई काठमाडौँ पठाउने तयारी भइरहेको भुसालले बताए । झा चिनी र गुट्का व्यापारी हुन् ।
सोमबार मात्रै अख्तियारको बुटवल टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई ८ लाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ