बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनिता दुलालले ल्याइन् तीज गीत ‘बेसी मेलैमा’

मङ्गलबार, २० साउन २०७७, १२ : १४
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै गायिका सुनिता दुलालले नयाँ गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेकी छन् ।  मायाप्रेम र समाजको चित्रण गरिएको गीतमा गायिका दुलाललाई स्वरमा खुमन अधिकारीले साथ दिएका छन् । गीतमा युवाहरुलाई मातृभूमिमै बसेर कुटो कोदालो गर्न समेत अभिप्रेरित गरिएको छ ।

 युवा पलायन भएपछि देशको खेतीयोग्य जमिन बाँझो छ । यही जमिनमा केही गर्नुपर्छ भन्ने सोच गीतमा प्रस्तुत छ ।

नेत्र अर्यालको शब्द रहेको गीतमा कृष्ण वि.क. भान्जाको संगीत संयोजन छ । 

गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ । 

भिडियोमा गायक गायिका सुनिता र खुमन देखिएका छन् । ज्ञानेन्द्र शर्माको छायांकन, नविन निरौलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी एवं निर्देशन शिव विकले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप