निकै रोचक छ यी बलिउड सेलिब्रिटीको प्रेमकथा, कोहीले ७० वर्षमा त कोहीले ४९ वर्षमा गरे विवाह
बलिउड सेलिब्रिटीको प्रेमकथामा धेरैको रुची हुने गर्छ । उनीहरुले जे गरेपनि त्यो ‘टक अफ द टाउन’ भइहाल्छ । यहाँ हामी आज यस्ता सेलिब्रिटीको कुरा गर्दै छौं जसले उमेर घर्किएपछि विवाह गरेका छन् ।
१. नीना गुप्ताः
‘बधाई हो’ फिल्ममा बुढेसकालमा गर्भवती हुँदा उनी जति लजाउँछिन् वास्तविक जीवनमा निना गुप्ता त्योभन्दा ठ्याक्कै विपरित छिन् । ८० को दशकमा उनी वेस्टइन्डिजको क्रिकेट टिमका कप्तान विवियन रिचर्डस्सँग लिभइनमा बसिन् र गर्भवत भइन् । त्यतिबेला जसले जे भने पनि उनी डराइनन् र विवियनको प्रेमलाई आफ्नो कोखमा हुर्काएर विवाह नगरी आफ्नी छोरीलाई हुर्काइन् । छोरीको नाम मसाबा गुप्ता हो । यस्तोमा ४९ वर्षकी नीनाले विवाह गर्ने सोच बनाउँदा सबैजना चकित परे । सन् २००८ मा उनले अमेरिकामा दिल्लीका सिए विवेक मेहरासँग गोप्य विवाह गरेर सबैलाई अचम्मित तुल्याइन् । छोरीको कुरा गर्नुपर्दा उनी एक फेसन डिजाइनर हुन् र आमाले विवाह गरेपछि उनले पनि विवाह गरिसकेकी छिन् र सम्बन्धविच्छेद पनि भइसकेको छ ।
२. सुहासिनी मुलेः
सुहासिनीले ६१ वर्षको उमेरमा विवाह गरिन् । जुन फिल्ममा उनले हिरोइनको रुपमा डेब्यू गरेकी थिइन् त्यतिबेला उनी लामो लिभ इन सम्बन्धमा रहेको बताइन्छ । उक्त सम्बन्ध सन् १९९० सम्म चल्यो र टुट्यो । सम्बन्ध टुटेपछि उनको विवाहसँग मोहभंग भयो । सन् २०११ मा उनले एक सिनियर साइन्टिस्ट प्राध्यापक अतुल गुर्तूसँग विवाह गरिन्, त्यसै वर्ष उनी रिटायर्ड भएका थिए ।
३. कबिर बेदीः
करिब बेदीले आफ्नो ७० औं वर्षको जन्मदिनको एक दिनअघि विवाह गरेका थिए । कुनैबेला परवीन बाबीसँग उनको सम्बन्धको खबर साधारण हुने गर्दथ्यो र उनकी नयाँ श्रीमतीको नाम पनि पारवीन सुनेर मानिसहरु छक्कै परे । कबिरको परवीनसँग चौथो विवाह थियो । परवीन दुसांझ सामाजिक अनुसन्धाता र टिभी कार्यक्रमकी निर्माता हुन् । परवीन कविरकी छोरी पूजा बेदीभन्दा चार वर्ष कान्छी छिन् । यी दुई थुप्रै वर्षसम्म लिभ इनमा थिए । कविरको पहिलो विवाह पूजाकी आमा ओडिसी डान्सर प्रोतिमा गौरीसँग सन् १९६९ मा भएको थियो र सन् १९७४ मा उनीहरुको सम्बन्धविच्छेद भयो । पूजा र सिद्धार्थ उनकै सन्तान हुन् । कविरले दोस्रो विवाह विदेशीसँग गरेका थिए भने तेस्रो विवाह ब्रिटिश टिभी होस्ट निक्की वेदीसँग सन् १९९२ मा गरे, उनीसँग सन् २००५ मा सम्बन्धविच्छेद गरेपछि चौथो विवाह सन् २०१६ मा गरेका हुन् ।
४. उर्मिला मातोंडकरः
‘रंगीला गर्ल’ ले पनि ग्ल्यामरको दुनियाँमा आफ्नो जादु छर्न सफल भएकी थिइन् । एक समयमा जब ‘चाइना गेट’ फिल्ममा उनले ‘छम्मा छम्मा’ गीत पाइन् तब ममता कुलकर्नी असाध्यै रिसाइन् । उनले अन्त्यसम्मै आफ्नो क्षमता निचोरिरहिन् र यो चक्करमा उनी ४२ वर्ष पुगिन् । उनी कश्मीरका मोडल मोहसिन अख्तरको प्रेममा परिन् । मोहसिनको परिवारको राम्रो व्यवसाय छ । सन् २०१६ मा दुबैले विवाह गरे । त्यसपछि उर्मिलाले राजनीतिमा हात हालिन् । सन् २०१९ को लोकसभा चुनावमा कांग्रेसको टिकटमा चुनाव लडिन् तर हारिन् ।
५. सञ्जय दत्तः
हुन त आमिर खान र सैफ अली खानले पनि दुईवटा विवाह गरेका छन् तर सञ्जय दत्तले पनि तीनपटक विवाह गरेका छन् । पहिलो प्रेम विवाह सञ्जय दत्तले नायिका ऋचा शर्मासँग अमेरिकामा सन् १९८७ मा गरेका थिए । त्यसको दुई वर्ष पछि नै ऋचालाई ब्रेन ट्युमर भएको थाहा भयो र धेरै ठाउँमा उपचार गराए तर ऋचाले एक छोरीलाई जन्म दिएर संसारबाट बिदा भइन् । त्रिशाला अमेरिकीमा आफ्नो हजुरबुवा–हजुरआमासँग छिन् । सञ्जयले दोस्रो विवाह मोडल रिया पिल्लईसँग सन् १९९८ मा गरे तर दुबैको मनमुटावका कारण यो सम्बन्ध धेरैसम्म टिक्न सकेन । सन् २००८ मा सम्बन्धविच्छेदको प्रक्रिया पूरा हुनेबित्तिकै सञ्जय दत्तले मान्यसँग विवाह गरेर सबैलाई चकित पारिदिए । सन् २०१० मा सञ्जय दत्त र मान्यता दुई जुम्ल्याहा सन्तानका आमा–बुवा भए । यतिबेला सञ्जय दत्तले जेल जीवन पनि बिताए । मान्यताको सहाराले उनलाई बलियो बनायो , सञ्जय दत्त र नीना गुप्ता दुबैको जन्म सन् १९५९ मा भएको हो र दुबैले ४९ वर्षमा सन् २००८ मा विवाह गरेर सबैलाई चकित पारिदिए । –जीन्यूज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान