शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१३ किलो चरेशसहित तीन जना पक्राउ

सोमबार, १९ साउन २०७७, २१ : ००
सोमबार, १९ साउन २०७७

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–७ बाट प्रहरीले करिब १३ केजी चरेशसहित तीन  जनालाई पक्रेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा शुभराज घलान, नारायण सिं मुक्तान र कृष्ण बहादुर गुरुङ छन् । 

प्रदेश–३–०२५९ नम्बरको अटोमा चित्लाङबाट तन्द्रगिरी नगरपालिका तर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चरेश ओसारपसारमा संलग्त तीनैजना मकवानपुर थाहा नगरपालिकाका स्थानीय हुन् । अटोको सिटमुनी लुकाएर राखेको अवस्थामा प्रहरीले चरेश बरामद गरेको छ । 

आरोपीहरुलाई लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको मकवानपुर प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप