शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ

सोमबार, १९ साउन २०७७, २० : ५०
सोमबार, १९ साउन २०७७

काठमाडौँ । प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका–४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको छ । 

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे । 

एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो । रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए ।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप