शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा नेपालीलाई ठग्ने अमेरिकन पक्राउ

सोमबार, १९ साउन २०७७, २० : ३२
सोमबार, १९ साउन २०७७

काठमाडौं । अमेरिकन सेनामा बिस बर्ष जागिर खाएर अवकास पाएका ड्यानियल लि काठमाडौंमा पक्राउ परेका छन् । ६५ वर्ष उमेर भइसकेका लि पक्राउ पर्नुको कारण हो ‘ठगी’ । 

चारबर्ष यता पर्यटक भिसामा नेपाल आउने जाने गरिरहेका ड्यानियलले ‘अमेरिका लैजाने’ प्रलोभन देखाएर ठगेपछि उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । 

काठमाडौं आउँदा जाँदा ललितपुरको नख्खु बस्थे, ड्यानियल । नख्खुका स्थानिय मार्फत भक्तपुरका टुकनारायण श्रेष्ठसँग चिनजना भयो । कोटेश्वरमा ‘एटलस सेक्यूरिटी प्राली’ चलाउँथे टुकनारायण । 

ड्यानिलयले उनलाई आफु भुपु आर्मी भएकाले अमेरिकामा ‘सेक्युरीटी कम्पनी’ खोलेर पार्टनर बनाउने प्रस्ताव गरे । सो कम्पनीमा नेपाली सुरक्षागार्ड लैजाने उनको प्रस्ताव सुनेर टुकनारायण लोभिए ।

एक वर्षअघि चिनेका अमेरिकनले उनीसँग १० लाख मागे । कम्पनिको पार्टनर बन्ने लोभमा उनले पैसा दिए । तर, पैसा लिएपछि उनि सम्पर्क विहिन भए । ठगिएको शंका लागेपछि उनि प्रहरी कहाँ पुगे । अपराध महाशाखाले उनकै उजूरीको आधारमा ड्यानियलबारे अनुसन्धान शुरु गरेको थियो । 

दुई जना युवालाई ‘बिजनेश भिषामा अमेरिक लान्छु’ भनेर जनही पाँच लाख ठग्ने प्रयास गरिरहेको बेला क्षेत्रपाटीबाट प्रहरीले उनलाई पक्रेको हो । 

‘प्रहरी सक्रियताले दुईजना चाहिँ ठगिनबाट जोगिनु भएको छ’ महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले भने–‘ड्यानियल बिजनेश भिसामा नेपाल आउने जाने गरेको देखिन्छ ।’ 

पछिल्लो पटक फागुन २९ मा नेपाल आएका उनि पाँचौ पटक नेपाल आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप