बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्

सोमबार, १९ साउन २०७७, १९ : ४४
सोमबार, १९ साउन २०७७

धनगढीको मोहना नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन् । 

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का टप्पुस्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

 नदीमा बेपत्ता दुवै किशोरको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप