शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयका प्रवक्ता फेरिए

सोमबार, १९ साउन २०७७, १८ : ३८
सोमबार, १९ साउन २०७७

काठमाडौं । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो । 

गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्तिसुरक्षा महाशाखा खाली रहँदै आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप