बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घुससहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पक्राउ

सोमबार, १९ साउन २०७७, १८ : ०८
सोमबार, १९ साउन २०७७

बुटवल । अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ । आयोगले उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई श्रोत नखुलेको नगद रकम रु.३,४८,००० (तीन लाख ४८ हजार ) र  विभिन्न मितिको बैंक भौचर रकम रु.५,५०,००० (पाँच लाख पचास हजार) सहित रुपन्देहीको सालझन्डीबाट आयोगको बुटवल कार्यालय टोलीले नियन्त्रमा लिएको हो । 

उनीहरु निकुञ्ज कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा अदुअआको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता सुरेश भुसालले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप