बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युएईबाट १० हजार नेपाली स्वदेश फर्किए

सोमबार, १९ साउन २०७७, १४ : १४
सोमबार, १९ साउन २०७७

युएई । कोरोनाका कारण युएईमा समस्यामा परेका मध्य करिब दश हजार नेपाली स्वदेश फर्किएका छन्।विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबैभन्दा धेरै संख्या हो।युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ५५ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्।

कोरोना भाइरस (कोभिड-१९) कारण विदेशमा अलपत्र परेका  नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो।

गत अगष्ट १ देखि ८ तारिकसम्म १७ वटा चार्टर फ्लाइट र नेपाली कार्यरत युएईका बिभिन्न कम्पनीले ८ वटा चार्टर फ्लाइट गरि थप २५ वटा एयरलाइन्सले काठमाडौंको लागि उडान भर्ने तयारी भइरहेको राजदूत कृष्ण प्रसाद ढकालले बताए । जसअनुसार नेपालीहरुको स्वदेश फिर्ति संख्या बढ्ने उनको भनाइ थियो।

गत जुन १९ देखि अगष्ट २ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु स्वदेश फर्केका हुन्।

यस अघिनै युएईस्थित नेपाली दूतावासले नेपाल फर्कने ३८ हजार ९ सय ९१ जनाको एकीकृत नामावली सार्वजनिक गरेको थियो।पिडितहरुले नेपाल फर्कन भरेका फारम अनुसार दूतावासले गत जुलाई १० सम्मको नामावाली सार्वजनिक गरेको थियो।

दूतावासका अनुसार गत २८ अप्रिलदेखि खुल्ला गरिएको नेपालीहरुको विवरण संकलन फारम अगष्ट २ सम्म ४१ हजार १ सय ८२ जनाले भरेका जनाएको छ भने कसैले दूतावासमानै उपस्थित भई फारम भरेका थिए।

त्यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो। दूतावासले ४ सय १० जनालाई पहिलो प्राथममिकतामा राखेर १४ हजार १ सय १० जनाको नामावली सार्वजनिक गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप