शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेयमारलाई यस्तो अवस्थामा अनुबन्ध गर्नु अव्यवहारिक हुनेछ : बार्सिलोनाका अध्यक्ष

सोमबार, १९ साउन २०७७, १३ : २५
सोमबार, १९ साउन २०७७

हालको आर्थिक वातावरणमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारलाई पुनः क्लबमा अनुबन्ध गर्नु अव्यवहारिक हुने बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् । इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेजलाई भित्र्याउने प्रक्रियामा पनि धक्का पुगेको उनले बताएका हुन् ।

बार्टोमेउले स्पेनिस पत्रिका स्पोर्टसँग कुराकानी गर्दै बार्सिलोनाले मार्चदेखि जुन महिनामा कोरोनाभाइरसको महामारीका कारण अपेक्षाभन्दा २० करोड युरो कम आम्दानी गरेको जानकारी दिए । ‘युरोपका सबै ठूला क्लबहरु प्रभावित भएका छन्,’ उनले भने, ‘यसको एक वर्ष मात्र होइन थप केही वर्ष प्रभाव रहनेछ ।’

ब्राजिलियन फरवार्ड नेयमार सन् २०१७ को अगस्तमा बार्सिलोनाबाट पीएसजीसँग अनुबन्ध भएका थिए । तर, बार्सिलोनाले गत सिजन नेयमारलाई फेरि फर्काउने प्रयास गरेको थियो ।

‘यो अवस्थामा नेयमार ? यो अव्यवहारिक हुनेछ,’ उनले भने, ‘न त पीएसजीले उनलाई बेच्न चाहन्छ ।’ ‘बार्सिलोनाले लाउटारोबारे इन्टरसँग कुराकानी गरेको थियो । तर, त्यो पनि रोकिएको छ । अहिलेको अवस्थाले ठूलो लगानी माग गर्दैन,’ उनले भने ।

उनले थपे, ‘सन् २०२०–२१ को सिजनमा बार्सिलोनाले १.१ अर्ब युरो कमाउने अपेक्षा गरेको थियो तर हामीले त्यसको ३० प्रतिशत मात्र पायौँ । यदी महामारीको अवस्थामा सुधार भएन भने दर्शन हुनेछैनन्, म्युजियम हुनेछैन, कुनै स्टोर खुला रहनेछैन, आम्दानी घटेर जानेछ ।’

बार्टोमेउले क्लबमा फर्कन नचाहेका मिडफिल्डर आर्थरमाथि पनि कारवाही प्रक्रिया सुरु गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप