बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भाइरल भयो कंगना रनौतको ट्वीटः भनिन्, ‘यदि म झुण्डिएको अवस्थामा फेला परेँ भने...’

सोमबार, १९ साउन २०७७, १० : ४६
सोमबार, १९ साउन २०७७

बलिउड नायिका कंगना रनौतले शुक्रबार राती आफ्नो मनालीस्थित घर नजिकै गोलीको आवाज सुनिन्, जसबारे उनले एक बयान जारी गरिन् । कंगना हाल आफ्नो परिवारसँग मनालीमा बसिरहेकी छिन् । अभिनेत्रीलाई लाग्छ कि अभिनेता सुशान्त सिंहको मृत्यु सम्बन्धि उनको हालैका टिप्पणीपछि उनलाई धम्काउने उद्देश्यले यस्तो गरिएको हो । उनको बयान अनुसार कुल्लू जिल्ला पुलिसले घटनापछि कंगनाको घरमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

यसैबीच कंगनाको टीमद्वाराहालै गरिएको एक ट्वीट सोसल मिडियामा मज्जाले भाइरल भइरहेको छ जसमा उनले भनेकी छिन्, ‘सबैलाई उसको नाम थाहा छ तर कसैले लिन चाहँदैनन् । करण जोहरका निकै मिल्ने साथी र संसारका उत्कृष्ट सीएमका छोरा । बेबी पेनगुइन । यदि म पङ्खामा झुण्डिएको अवस्थामा भेटिएँ भने बुभ्नुहोस् कि मैले आत्महत्या गरेको होइन ।’

स्मरण रहोस्, बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि सबैभन्दा पहिले कंगनाले नै एउछा भिडियो साझा गरेर नेपोटिजमाथि बलिउडका थुप्रै चर्चित कलाकारमाथि निशाना साँधेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप