शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउड नायिका मिनिषा लाम्बाले गरिन् सम्बन्धविच्छेद

सोमबार, १९ साउन २०७७, १० : ३४
सोमबार, १९ साउन २०७७

बलिउड नायिका मिनिषा लाम्बाले रेष्टुरेन्ट व्यावसायी श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छिन् । यी दुई अलग्गिएको खबर सन् २०१८ मा नै सार्वजनिक भएको थियो तर यसबारे मिनिषाले कसैसँग कुरा गर्न अस्विकार गरेकी थिइन् । तर अब मिनिषाले यसबारे मुख खोल्दै आफू कानूनी रुपमा नै रायनसँग अलग भइसकेको जानकारी दिएकी छिन् ।

भारतीय सञ्चार माध्यम इटाइम्ससँगको कुराकानीमा मिनिषा लाम्बाले आफूहरु अलग भइसकेको  र कानूनी प्रक्रिया पनि पूरा भइसकेको बताएक छिन् ।

स्मरण रहोस्, मिनिषा र रायनको सन् २०१३ मा भेट भएको थियो । यी दुईको भेट एउटा नाइट क्लबमा भएको थियो । दुई वर्ष सम्बन्धमा रहेपछि यी दुईले सन् २०१५ को जुलाई ६ मा विवाह गरेका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Hair flip!

A post shared by Minissha (@minissha_lamba) on

मिनिषा लाम्बा ‘यहां’ (२००५), ‘हनिमून ट्राभलस प्राइभेट लिमिटेड’ (२००७), ‘दस कहानियां’ (२००७), ‘किडन्याप’ (२००८), ‘बचना–ऐ–हसिनों’ (२००८), ‘वेल डन अब्बा’ (२००९), ‘भेजा फ्राई’ (२०११) र टिभी सिरियल ‘इन्टरनेट वाला लव’ (२०१८) मा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप