बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘फक्सवागनका लागि गुडविल नै काफी छ, अस्वस्थ प्रतिस्पर्धामा उत्रिनुपरेको छैन’

हामीसँग सशक्त युवा शक्ति छ, फक्सवागनलाई नयाँ उचाइमा पु-याइछाड्छौँ : विशाल घिमिरे, बिजनेस हेड, पूजा इन्टरनेसनल
सोमबार, १९ साउन २०७७, ०९ : ४२
सोमबार, १९ साउन २०७७

काठमाडौँ । कोभिड–१९ का कारण यतिखेर मुलुक आक्रान्त छ । मुलुकको अर्थतन्त्र सुस्ताएको छ । मुलुकभित्र भएका उद्योग कलकारखाना अझै राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् भने आयात निर्यात सहज हुन सकेको छैन । व्यापार, व्यवसायले अझै गति लिन सकेको छैन ।

कोरोना सङ्क्रमण घट्नुको साटो झन् झन् बढ्दै जाँदा प्रभावित मुलुकको आर्थिक प्रभाव अझ विकराल बनेर जाने हो कि भन्ने खतरा बढेर गएको छ । यस्तो अवस्थामा मुलुकको सबैजसो बजार, व्यवसाय प्रभावित भएका छन् । यिनैमध्ये विशेष प्रभावित क्षेत्र हो ‘अटोमोबाइल’ ।

यतिखेर मुलुकको समग्र अटो बजारले कोभिड–१९ को अनपेक्षित प्रहार बेहोरिरहेको छ । यसरी व्यवसाय नै चौपट हुँदा लगानीकर्ताको विचल्ली भएको छ । एकातिर कोभिडको प्रभाव त छँदैछ अर्कोतर्फ सरकारी नीतिका कारण थप अन्योलतर्फ धकेलिन पुगेको छ । गत वर्ष राष्ट्र बैङ्कले तोकिदिएको सवारी कर्जा (अटो लोन) को ५०/५० प्रतिशतको सीमा यस वर्ष पनि कायमै राखिदिँदा अटोमाबाइल क्षेत्र दोहोरो चेपुवामा परेको हो । कोभिड–१९ का कारण खस्किएको व्यवसायमाथि थप सरकारी नीतिले चेपेपछि अटो व्यवसायी झन् मर्कामा परेका छन् । यस्तो दयनीय अवस्थामा पुगेको अटो व्यवसाय अहिले वातावरण केही सहज भए पनि पहिलेको गतिमा फर्कन भने अझै केही समय लाग्ने देखिन्छ ।

यो सङ्कटपूर्ण अवस्थामा समग्र अटो बजारले आफूलाई कसरी धानिरहेको छ त ? बजारको अवस्था कस्तो छ  र भविष्य कस्तो देखिँदै छ ? यसै विषयमा हालै मात्र फक्सवागन अर्थात् पूजा इन्टरनेसनल प्रालिका बिजनेस हेडका रूपमा कार्यभार सम्हालेका युवा व्यक्तित्व सीए विशाल घिमिरेसँग अटो वार्ता गरेका छौँ । शिक्षामा सीए गरेका तर व्यावसायिकतामा मार्केटिङ पाटो रोजेका उनै घिमिरेले फक्सवागनको बिजनेस चाहिँ कसरी अघि बढाउँदैछन् त ? हेरौँ उनै सीए घिमिरेसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको अटोवार्ताः

व्यावसायिकताका हिसाबले अहिलेको अवस्था ठ्याक्कै के हो ? तपाईंले बुझेको अटोमोबाइल क्षेत्र र बजारले बुझेको अटोमोबाइल क्षेत्रको अहिलेको सिनारियो के हो ?

बजार र व्यावसायिकताका हिसाबले भन्ने नै हो भने अहिले समस्या ग्रस्त अवस्था हो । यस्तो अवस्थामा फाइदा कम बेफाइदा ज्यादा हुने गर्छ । फाइदाको होइन, घाटाको व्यापार हुने गर्छ । तर यसलाई यसरी पनि बुझ्न सकिन्छ कि ‘कालो रात पछिको सुनौलो बिहानी’ ।

समस्यापछिको अवसर र असरपछिको सफलतासँग पनि अहिलेको अवस्थालाई हेर्न सकिन्छ । अहिलेको समस्याबाट माथि उठ्न सकियो भने त निश्चय नै सफलता प्राप्त गर्न सकिन्छ नि ।

कोभिड–१९ का कारण अहिले अटोमोबाइल क्षेत्र पूर्णतः प्रभावित छ । अटोमोबाइल मात्र होइन अहिले अरू क्षेत्र पनि उत्तिकै प्रभावित छन् । तर हामीले यो समस्याबाट केहीमाथि उठ्ने प्रयत्न गरेका छौँ । अहिलेको समस्यालाई समस्या नभनेर व्यवसायमा गरिएको लगानीको रूपमा बुझेका छौँ । यसको प्रतिफल एक दिन अवश्य मिल्नेछ ।

जहाँसम्म सम्भावनाका कुरा छन् कोभिडले गर्दा निजी सवारीको महत्त्व अझ बढी दर्शाएको छ । जसले गर्दा भोलिका दिनमा प्यासेन्जर सेग्मेन्टको गाडी डिमान्ड स्वतः बढ्ने देखिन्छ ।

फक्सवागनको सन्दर्भमा के भन्नुहुन्छ ? कोभिड–१९ को प्रभाव व्यवसायमा कत्तिको परिरहेको छ ?

व्यावसायिकताका हिसाबले हाम्रा लागि यो समय त्यति दुर्दशाको अवस्था बनेन । कारण हामी बजारमा अरूभन्दा भिन्न छौँ । हाम्रो प्रोडक्ट नै अरूभन्दा भिन्न र विशेष छ । त्यसैले सहजता असहजतामा पनि हाम्रो व्यापार खासै फरक पर्दैन ।

व्यापारकै कुरा गर्ने हो भने यही ४ महिनाको लकडाउनकै अवधिमा मात्र हामीले ४० वटा गाडी बेचेका छौँ । अहिलेको अवस्था त समस्याको अवस्था हो । बजारमा धेरै ब्रान्डहरूले समस्या व्यहोरिरहेका छन् । तर हामीले तुलनात्मक रूपमा त्यस्तो ठूलो समस्या भोग्नुपरेको छैन । यो भनेको हाम्रो ब्रान्डको गुडविल हो । हामीले बजार प्रवद्र्धनका लागि ठूलठूला विज्ञापन पनि गर्नुपरेको छैन र अस्वस्थ प्रतिस्पर्धा पनि ।

वास्तवमा यतिखेर अटो क्षेत्रका लागि दुर्दशाकै अवस्था हो । एकातिर कोभिडका कारण बजार प्रभावित छ भने अर्कोतर्फ सरकारले अटो लोनमा ५० प्रतिशतको सिलिङ तोकिदिएको छ । यस्तो अवस्थामा कसरी सहज मान्ने ?

बजारमा समस्या त छन् । अहिलेको विषम परिस्थितिमा त्यो अटोमोबाइल क्षेत्रमा पनि नभएको भन्ने होइन । समस्या र चुनौतीहरू प्रशस्त छन् । फेरि त्यही समस्या नै त हो सफलताको सिँढी । समस्यामा नै हो हामीले आफ्नो क्षमता, कला देखाउने । जहाँ समस्या नै छैन त्यहाँ त जोकोहीले पनि गर्न सकिहाल्छन् नि ! सहजतामा त जोकोही सफलता हुनसक्छ तर त्यो व्यक्ति नै सफल हो जसले असहजतामा बाजी मार्छ ।

जहाँसम्म समस्याको कुरा छ, अहिले अटोमोबाइलमा देखिएको समस्या भनेको खस्कँदो मार्केटको नै हो । दुई वर्ष अगाडिको तुलनामा गत वर्ष झण्डै आधा नै बजार खस्कियो । यसको एउटै मेजर कारण थियो, राष्ट्र बैङ्कले लागू गरेको ५०/५० प्रतिशतको अटो लोनको नीति । यो नीति हटाउनुपर्छ भन्ने हाम्रो कन्सर्न आजसम्म पनि रहँदै आएको छ । तर चालू आर्थिक वर्षको अर्थनीतिमा सो समस्याको सम्बोधन गर्न सकेन ।

५० प्रतिशत डाउन पेमेन्टको नीतिले अटोमोबाइल क्षेत्रलाई धेरै नै आघात पु¥याएको छ । जुन अहिले पनि कायमै छ । पछिल्लो समय आर्थिक वर्ष २०७७/÷८ को मौद्रिक नीतिले उक्त समस्या सम्बोधन गर्छ कि भन्ने हाम्रो अपेक्षा थियो त्यो हुन सकेन । थप अहिले कोभिड–१९ ले अर्को समस्या थपेको छ । कोभिड–१९ का कारण बजार र मुलुककै अर्थतन्त्र शिथिल भएको छ । यो अवस्थामा केही समस्या आउने कुरा त स्वाभाविक नै हो ।

तर यस मानेमा हामीले भने समस्या मानेका छैनौँ । किनकि फक्सवागन यस्तो गाडी हो जसलाई बजारमा चिनाइराख्नु पर्दैन । फक्सवागन गाडीको लुक्स, क्वालिटी र विशेषता नै अरूभन्दा भिन्न छ । यसलाई चिनेका बुझेकाले खोजीखोजी चढिरहेका छन् । यतिसम्म कि नयाँ ग्राहकहरूले समेत अरूको सल्लाहमा फक्सवागन किन्न आइरहेका छन् । मैले अघि पनि भने यो चार महिनाको लकडाउनमा समेत हामीले ४० वटा गाडी बेच्न सफल भयौँ ।


सुरुमा गाडी किन्दा केही महँगो भए पनि किनिसकेपछिको पर्फर्मेन्सलाई हेर्नुपर्छ । पहिले फक्सवागनको स्पेयर पार्टस जर्मनी र सिङ्गापुरबाट ल्याउनु पथ्र्यो । जसले गर्दा उपभोक्तामा केही महँगो पर्न जान्थ्यो । तर अहिले यसको स्पेयर पार्टस् भारतमा नै पाइन्छ । यहीँबाट ल्याइने हुँदा अहिले सस्तो र सुलभ छ । फेरि फक्सवागनको रिसेल भ्यालु पनि त राम्रो छ नि ! त्यसैले अहिले फक्सवागनप्रति उपभोक्ताहरूले हेर्ने दृष्टिकोण नै फेरिएको छ ।


बजारमा त फक्सवागनको गाडी महँगो छ भन्ने हल्ला छ, यसलाई चाहिँ के भन्नुहुन्छ ?

यो हल्ला निराधार हो । एक हजार सीसीको पावरफुल इन्जियुक्त गाडी करिब २८–३० लाखकै रेन्जमा उपलब्ध हुन्छ भने फक्सवागन कसरी महँगो भो ? बजारमा १.० पोलो गाडी २८÷२९ लाखमा उपलब्ध हुँदा पोलो बराबरको अन्य ब्रान्डमा जाने हो भने ४० देखि ५० लाखमा जानुपर्ने हुन्छ । गाडीको लुक्स, पर्फर्मेन्स र क्वालिटीका हिसाबले फक्सवागन महँगो गाडी होइन । फेरि गाडीको उत्कृष्टता मूल्यमा होइन क्वालिटीमा निर्भर हुने कुरा हो । जुन उपभोक्ताहरूले फक्सवागनमा पाएका छन् ।

केही समयअघि बजारमा तपार्इंले भने जस्तै हल्ला नभएको पनि होइन । फक्सवागनका गाडी महँगो हुन्छ, स्पेयर पार्टस महँगो हुन्छ भन्ने खालका हल्ला सुनिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन ।

सुरुमा गाडी किन्दा केही महँगो भए पनि किनिसकेपछिको पर्फर्मेन्सलाई हेर्नुपर्छ । पहिले फक्सवागनको स्पेयर पार्टस जर्मनी र सिङ्गापुरबाट ल्याउनु पथ्र्यो । जसले गर्दा उपभोक्तामा केही महँगो पर्न जान्थ्यो । तर अहिले यसको स्पेयर पार्टस् भारतमा नै पाइन्छ । यहीँबाट ल्याइने हुँदा अहिले सस्तो र सुलभ छ । फेरि फक्सवागनको रिसेल भ्यालु पनि त राम्रो छ नि ! त्यसैले अहिले फक्सवागनप्रति उपभोक्ताहरूले हेर्ने दृष्टिकोण नै फेरिएको छ ।

चालू आर्थिक वर्ष २०७७/÷७८ को बजेटले इलेक्ट्रिक सवारी आयातमा ९० प्रतिशतसम्मको भन्सार शुल्क वृद्धि गर्ने नीति लिएको छ । यसले समग्र अटोमोबाइल क्षेत्रमा कस्तो प्रभाव पार्ला ?

इलेक्ट्रिक गाडीमा ट्याक्स वृद्धि गर्ने कुरा सरासर सरकारको गलत निर्णय हो । यसले आखिर देश र जनतालाई नै नोक्सान पु¥याउने हो । अहिलेको समयमा विश्वले नै इलेक्ट्रिक गाडीलाई प्रोत्साहन गरिरहेको बेला नेपालजस्तो देशले झन् इलेक्ट्रिक गाडीको आयातलाई निरुत्साहित गर्नु भनेको मुलुकको व्ययभार बढाउनु हो । वातावरण संरक्ष र प्रदूषणलाई बढावा दिनु हो । जुन राम्रो काम होइन ।

अहिले सरकारले ट्याक्सलाई मात्र हेरेको देखिन्छ । तर तत्कालका लागि सरकारलाई नाफा होला तर यसले कालान्तरमा देशलाई नै नोक्सान पु¥याउँछ । आफ्नै देशको विद्युतीय ऊर्जाको प्रयोग गर्दै वातावरण संरक्षमा लाग्नुपर्नेमा उल्टै सरकार उक्त कार्य रोक्दैछ । यस विषयमा सरकारसँग हाम्रो विमति छ ।

अब अलिकति तपाईं र संस्थाबीचको सम्बन्धतर्फ जाऊँ । भर्खरभर्खर मात्र तपाईं पूजा इन्टरनेसनलसँग जोडिनुभएको छ । कसरी यो अवसर जु-योे ?

पढाइको हिसाबले म सीए । मैले भारतबाट सन् २०१५ मा चार्टर एकाउन्टेन्ट (सीए) सकेको हुँ । औपचारिक पढाइसकेपछि ममा यस्तो सोच आयो कि अब आफ्नै देशमा फर्कौं र केही गरौँ । त्यसपछि म नेपाल फर्किर र दुईतीनवटा संस्थाहरूमा आबद्ध भएर काम गरेँ ।

पछिल्लो समय यहाँ आउनुभन्दा अघिसम्म म एक प्रतिष्ठित ग्रुपसँग आबद्ध थिए । त्यसैबेला पूजा इन्टरनेशनलले बिजनेस हेडका लागि मान्छे खोज्दै रहेछ । सो कुरा मैले जानकारी पाएँ । फेरि यो मेरो इच्छाको क्षेत्र पनि । त्यसैले आवेदन दिएँ र सेलेक्ट पनि भएँ । अहिले म पूजासँग जोडिएको छु । यहाँ रहुन्जेल मेरो एउटै लक्ष्य र उद्देश्य यही हुन्छ कि कम्पनीको सफलता र सेवाग्राहीको सन्तुष्टि । यो नै मेरो लक्ष्य हो । यो सम्भव पनि छ । किनकि हामीसँग त्यस्तो एउटा इन्टायर टिम छ जो सशक्त युवा टिम छ । असम्भवलाई पनि सम्भवमा ढाल्ने त्यो क्रयशक्ति अहिले हामीसँग छ ।

तपाईं त पढाइले सीए फेरि काम सेल्स एन्ड मार्केटिङको पेसा रोज्दै हुनुहुन्छ । त्यसमाथि विशुद्ध नयाँ अटोमोबाइल क्षेत्र । काम गर्न गाह्रो छैन ?

हो, तपाईंले भने जस्तै यो क्षेत्रमा काम गर्न गाह्रो छ । एउटा सीएका लागि मार्केटसँग जुध्न पक्कै केही असहज र चुनौती त थियो नै तर मैले सहास गरे । फेरि चुनौती नउठाई सफल पनि कहाँ बन्न सकिन्छ र ।

मैले अघि पनि भनेँ सहजतामा त सफल भइहालिन्छ तर असहजतामा पनि सफलता हात पार्नु पो वास्तविक सफलता । फेरि मैले सीए मात्र कहाँ गरेर । सीएसँगै सेल्स एन्ड मार्केटिङमा एमबीए पनि गरेको छु ।

जब मैले दिल्लीबाट सीए सकेर नेपाल फर्किएँ र केही संस्थाहरूमा काम गरे त्यति नै बेला मलाई यस्तो अनुभव भइसकेको थियो कि अब फाइनान्सको नलेजले मात्र पुग्दैन । फाइनान्स भनेको आँखा हो र मार्केटिङ भनेको बाटो । ओभर अल बिजनेस हेर्न मार्केटिङ नलेज नै चाहिँन्छ । जुन मेरो स्वभावले पनि दिएन । त्यसपछि मैले तुरुन्तै मार्केटिङका लागि काठमाडौँ युनिभर्सिटी (केयू) ज्वाइन गरेँ । सन् २०२० मा मात्र मैले केयूबाट एमबीए सकेँ । त्यसपछि भने म ढुक्क भएर काममा लागँे ।


पहिलो कुरा त हामीसँग एउटा त्यस्तो सशक्त जोशिलो युवा टिम छ, जसले असम्भवलाई पनि सम्भव तुल्याउन सक्ने सामथ्र्य राख्छ । फक्सवागनमा कुल कर्मचारीको ९० प्रतिशतभन्दा माथि ३०/३२ वर्ष रेन्जका युवा कर्मचारी छन् । यसले हामीलाई थप जोशिलो बनाएको छ । काम गर्न सहज भएको छ । अर्को हाम्रो सबल पक्ष भनेको हाम्रो ब्रान्ड नै हो ।


सधैँ मेरो एउटै बुझाइ के रह्यो भने फाइनान्सियल पाटोसँगै मार्केटिङ नलेजसमेत भयो भने बिजनेसमा अझ सफलता मिल्छ । अहिले यी दुवै नलेजलाई प्रयोगमा ल्याउँदैछु । मलाई यहाँनिर के पनि फाइदा भो भने, मार्केटिङको कम नै मान्छेहरूलाई फाइनान्सिङको नलेज हुनेगर्छ । तर मलाई समस्या भएन । किनकि ममा यी दुवै नलेज छ । मार्केटिङको मान्छेले यो कुरा बुझ्नुपर्छ कि मार्केटिङको खर्च, खर्च मात्र नभएर बिजनेसका लागि लगानी पनि हो । अहिले यही सिद्धान्तलाई प्रयोगमा ल्याउँदै छु ।

जहाँसम्म अटोमोबाइल मेरा लागि नयाँ क्षेत्रको विषय छ, त्यो मैले नै रोजेको हुँ । जब म सिजी ग्रुपसँग आबद्ध भएर काम गर्दै थिएँ यता पूजा इन्टरनेसनलले बिजनेस हेड खोजिरहेको रहेछ । त्यति नै बेला मलाई यहाँको अफर आयो । मैले चाहेको पनि यस्तै थियो । मैले तत्कालै सोचेँ आखिर काम नै गर्नुछ भने पूजा इन्टरनेसनल जस्तो इन्टरनेसनल कम्पनीसँग किन काम नगर्ने ? त्यसपछि काम सुरु गरेँ । अनुभवले अटोमोबाइल क्षेत्र मेरा लागि विशुद्ध नयाँ क्षेत्र भए पनि मैले नयाँ तौरतरिकाले काम गरिरहेको छु । फाइनान्सिङ नलेजसहित मार्केटिङ पोलिसी भयो भने काम गर्न गाह्रो हुँदैन । त्यसमाथि फक्सवागन जस्तो विश्व प्रख्यात ब्रान्डसँग काम गर्दा गाह्रो हुने त सवालै रहँदैन ।

अब तपाईंको भावी योजना चाहिँ के छ त ? यस्तो असहज परिस्थितिमा असहजता र बजार दुवैसँग लड्न कस्तो खालको योजना बनाउँदै हुनुहुन्छ ?

पहिलो कुरा त हामीसँग एउटा त्यस्तो सशक्त जोशिलो युवा टिम छ, जसले असम्भवलाई पनि सम्भव तुल्याउन सक्ने सामथ्र्य राख्छ । फक्सवागनमा कुल कर्मचारीको ९० प्रतिशतभन्दा माथि ३०/३२ वर्ष रेन्जका युवा कर्मचारी छन् । यसले हामीलाई थप जोशिलो बनाएको छ । काम गर्न सहज भएको छ । अर्को हाम्रो सबल पक्ष भनेको हाम्रो ब्रान्ड नै हो ।

फक्सवागन एउटा आफैमा स्थापित ब्रान्ड हो । बजारमा फक्सवागनलाई नचिन्ने सायदै होलान् । त्यसो त फक्सवागनका नेपालमा मात्र होइन विश्व प्रख्यात ब्रान्ड हो । यसले पनि हामीलाई बजारमा जान सजिलो बनाएको छ । अब हामी यी सबै पक्षलाई संयोजन गरेर बजार विस्तारमा लाग्छौँ ।

तर यसो भन्दै गर्दा हामीले हाम्रो प्रोडक्ट राम्रो छ, बजारमा जानुपर्दैन भन्न खोजेका होइनौैँ । मात्र के हो भने हामीले अरूले जस्तो अस्वच्छ प्रतिस्पर्धामा उत्रिनु पर्दैन । फक्सवागनका लागि अनावश्यक होहल्ला र सेवा सुविधाको अफर गर्नुपर्दैन भन्न मात्र खोजेका हौँ । प्रोडक्ट राम्रो भए आफै फैलिन्छ । भनिन्छ नि ‘नम्बरी सुनलाई कसी लगाइराख्नु पर्दैन’ ।

जहाँसम्म हाम्रो प्रोडक्टको प्रचार प्रसार र सेवा सुविधाका लागि सर्भिस सेन्टर विस्तारका कुरा छन् त्यसमा फक्सवागनका लागि अरूका लागि जस्तो आवश्यक पर्दैन । किनकि अरूको तुलनामा फक्सवागन १० गुणा किफायती छ । अरू ब्रान्डका गाडी तीन हजारदेखि १५ हजार किलोमिटरमा सर्भिसिङ गर्नुपर्दा फक्सवागनका जुन कुनै गाडी एक्कै पटक १५ हजार किलोमिटर गुडिसकेपछि मात्र सर्भिसिङ गरे पुग्छ । यसैले पनि फक्सवागनको विश्वसनियता अरूभन्दा एक कदम अघि छ ।

त्यसैले हाम्रा लागि धेरै ठाउँमा सर्भिस सेन्टरको आवश्यकता नै पर्दैन । जस कारण अनावश्यक ठाउँमा अनावश्यक लगानी किन बढाउने भन्ने पनि हो । बरु त्यस्तो ठाउँमा गर्ने लगानी कस्टमरलाई नै सुविधा पुग्ने गरी गाडीमा छुट दिएर हुन्छ यहाँ कसरी गर्न सकिन्छ दिऊँ भने खर्च घटाएका हौँ । अहिले पनि हामीले गाडीमा न्यूनभन्दा न्यून मार्जिन खाएर काम गरिरहेका छौँ । हिजो, आज र  भोलि सधैँभरी हामी कस्टमरकै सेवामा समर्पित छौँ ।

नजिकिँदै गरेको चाडवाड बजारमा फक्सवागनको के नयाँ प्रोडक्ट आउँदै छ त ?

अबको केही समयपछि नै बजारमा फक्सवागनका दुईवटा प्रतिष्ठित गाडी आउँदैछन् । एउटा आउँदैगरेको दशैँ–तिहारलाई लक्षित गर्दै र अर्को नयाँ वर्षलाई लक्षित गर्दै नयाँ प्रोडक्ट भिœयाउने योजना बनाएका छौँ । जसमा फक्सवागनकै एक पावरफुल इन्जिमा रहेको पोलो १.० टीएसआई दशैँका लागि आउँदै छ भने अर्को पावरफुल एसयूभी टिगोन नयाँ वर्षका लागि आउँदै छ । यी दुवै गाडी बेस्ट गाडी हुन् । आशा छ यसले नेपालीहरूको मन जित्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप