भवितव्य र ‘जारी’ मुद्धाका फरार ३ जना पक्राउ
आइतबार, १८ साउन २०७७, २३ : १८
काठमाडौं । भवितव्य र ‘जारी’ मुद्धामा लामो सयमदेखी फरार ३ जनालाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भवितव्य ज्यान मुद्धामा फरार व्यास नगरपालिका घर भएका सुर्य सुनार र रविन मगरलाई ५ वर्षपछि पक्रेको हो । पुनरावेदन अदालतले ०७२ मा उनिहरुलाई ६ महिना कैद र ३ सय जरिवाना हुने फैसला सुनाएको थियो ।
जारी मुद्धामा फरार तनहुँ शुक्लागण्डकी घर भएका नविनलाल श्रेष्ठलाई प्रहरीले ९ वर्षपछि पक्रेको छ । ०६८ मा तनहुँ जिल्ला अदालतले उनलाई १ महिना कैद र १ हजार जरिवाना तिराउने फैसला गरेको थियो । शनिवार पक्राउ गरेर अदालतको आदेशपछि उनीहरुलाई जिल्ला कारागार तनहुँमा थुनामा पठाइएको डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?