बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थीसँग पुस्तकका नाममा अबैध असुली हुँदै, स्थानीय निकाय मौन

आइतबार, १८ साउन २०७७, २० : ४९
आइतबार, १८ साउन २०७७

रौतहट । रौतहटको सिमानासँगै जोडिएको बाराको आदर्श कोतवाल गाँउपालिका १ स्थित रामचरीत्र माबीमा पाठय पुस्तकको लागि विद्यार्थीसँग पैसा असुली भइरहेको छ । नेपाल सरकारले निशुःल्क उपलब्ध गराएको पाठयपुस्तक बितरणमा बिधालय प्रशासनले विद्यार्थीसँग अबैध असुली गरीरहेको अभिभावकहरुले गुनासो गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक दिनेश साह र लेखापाल दशरथ साहको मिलोमतोमा प्रती विद्यार्थी दुईसय रुपैया लिएर पाठय पुस्तक बितरण भईरहेको अभिभावकले बताएका छन् ।

शुुक्रवार बिधालयमा कक्षा ८, ९, १० का तीन सय विद्यार्थीसँग जनही दुई सयको दरले रुपैया लिएर पाठय पुस्तक दिएको एकजना अभिभावक तथा बिरगंजमा एलएलबीमा अध्ययनरत प्रदीप कुुश्वाहाले बताएका छन् ।

शिक्षकहरुले पैसा लिएरमात्र पुस्तक बितरण गरीरहेकाले दर्जनौ गरिबका छोरा छोरी पुुस्तक पाउनबाट बञ्चित भएको कुश्वाहाले गुनासो गरेका छन् । पाठयपुस्तकको लागी पैसा माग गरेपछी केही विद्यार्थीले विरोध गर्दा बिधालयका लेखापाल दशरथ साह र एकजना शिक्षक जितेन्द्र गिरीले गाली गलौज गरेको बिधार्थीहरुले बताएका छन् ।

त्यतिमात्र नभई पाठयपुस्तक बापत विद्यालयले असुल गरिरहेको रकमको नगदी रसीद समेत नदिँदा सिधा भ्रस्टाचार भएको अभिभावकहरुले गुनासो गरेका छन् ।विद्यालयको गतिविधीमाथि स्थानीय तहले निगरानी गर्नुपर्नेमा त्यसो नभएको कारण अनियमितता भइरहेको अभिभावकहरु बताउँछन् ।

शिक्षामा सबैको पँहुचहोस भन्ने उदेस्यले नेपाल सरकारले निशुल्क उपलब्ध गराएको पाठयपुस्तकको लागी किन पैसा लिएको भनि प्रधानाध्यापक दिनेश साहसँग सोध्दा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार लिएको प्रतिकृया दिएका छन् ।

यसैबीच नेकपाका एकजना स्थानीय नेता राकेश यादवले विद्यार्थीलाई गालीगलौज गरेका लेखापाल दशरथ साह र शिक्षक जितेन्द्र गिरीले सार्वजनिक माफी मागेको बताएका छन् ।

विद्यार्थीसँग अबैधरुपमा अशुुली गरेको सबै रकम एकहप्ता भित्र फिर्ता गर्ने प्रधानाध्यापक दिनेश साहले प्रतिवद्धता गरेको नेता यादवले जानकारी दिए ।

बाराका प्रमुख जिल्ला अधिकारी सिडिओ रुद्रप्रसाद पण्डितले निशुल्क बितरण हुने पाठयपुस्तक बापत कुनै पनि बहानामा रकम असुल्नु अवैध भएकाले त्यस्तो गतिविधी नियन्त्रण गर्न अबिलम्ब पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप