शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओपो ए१२ सार्वजनिक, एन्ट्रि लेभलमै मेनस्ट्रिम फोनको क्षमता

आइतबार, १८ साउन २०७७, १९ : २६
आइतबार, १८ साउन २०७७

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओपो ए१२ सार्वजनिक गरेको छ । लामो समय तिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री सुसज्जित यो फोन नेपाली बजारमा ३जीबी र्याम + ३२ जीबी रोम र ४जीबी र्याम + ६४जीबी रोम गरी दुई बिकल्पका साथ सार्वजनिक गरिएको हो ।

ओपो ए१२मा रहेका रियर फिङ्गरप्रिन्ट सेन्सर, ओक्टा(कोर प्रोसेसर र एआई डुअल रियर क्यामेरा लगायत मेनस्ट्रिम सेटिङले स्मूथ परफरमेन्स दिनुका साथैयसलाई एन्ट्रि लेभल प्रयोगकर्ताका लागि उत्कृष्ट बिकल्पका रुपमा स्थापित गर्छ । 

पर्याप्त स्टोरेज, उत्कृष्ट पर्फर्मेन्स÷उत्कृष्ट अनुभव, रमाइलो अनुभव

नेपाली बजारमा ओपो ए१२को, ३जीबी र्याम + ३२ जीबी रोम र ४जीबी ¥याम + ६४जीबी रोम गरी दूई भ्यारियन्ट उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधा पनि उपलब्ध गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले फोनमा रहेको सञ्चय क्षमताको चिन्ता बिना आफ्नो दैनिकीमा फोनको सहज प्रयोग गर्न सक्छन् ।

यसमा रहेको ४२३०एमएएच क्षमताको ब्याट्रीले १७ घण्टासम्म निरन्तर भिडियो स्ट्रिमिङ धान्न सक्छ । फोनमा उपलब्ध गरिएको ओक्टा(कोर प्रोसेसर, मिडिया टेक हेलियो पी३५ले उर्जा खपतमा न्यूनिकरण ल्याउनुका साथै ल्याग(फ्रि गेमिङ तथा भिडियो हर्ने अनुभव प्रदान गर्छ ।

ओपो ए१२मा रहेको कलर ओएस ६.१ले प्रयोगकर्ताको डिजिटल लाइफलाई नयाँ उचाई प्रदान गर्नेछ । यसमा यात्रीहरुलाई विशेष ध्यानमा राखि अनावश्यक कल तथा नोटिफिकेसन ब्लक गरी सडकमा ध्यान केन्द्रित गर्न सघाउँदै सुरक्षा प्रदान गर्ने सोचका साथ राइडिङ मोड पनि उपलब्ध गरिएको छ ।

ओपो ए१२मा स्मार्ट साउण्ड ईफेक्ट वा साउण्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध छ । यसले स्वचालितरुपमा गेम, अडियो तथा भिडियोका आधारमाउत्कृष्ट साउण्ट ईफेक्ट सेटिङको छनोट गर्ने क्षमता राख्छ । 

हात र आँखा सुहाउँदो आकर्षक डिजाइन
ओपो ए१२मा मनोरञ्जनात्मक अनुभवका लागि १५२०×७२० रिजोल्यूसन सहितको ६.२२ इन्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ । यसमा रहेको ब्लु लाइट फिल्टरले गेमिङ होस् वा भिडियो हेरीरहेको समय जुनै बेला आँखालाई सुरक्षा प्रदान गर्छ ।

ओपो ए१२मा थ्रीडी डायमण्ड ब्लेज डिजाइन दिइएको छ यसले हेर्ने दृष्टिकोणअनुसार रंग र आकार परिवर्तन भएको अनुभव दिन्छ । फोनको पछिल्तिर फिङ्गरप्रिन्ट अनलकिङ सेन्सर दिइएको छ । साथै यसमा १२८ बायोमेट्रिक पोइन्ट्सका आधारमा प्रयोगकर्ताको पहिचान गर्ने क्षमता सहितको एआई फेसियल अनलक फिचर पनि उपलब्ध छ । १९ः९ एस्पेक्ट रेसियोमा आकर्षक कर्भ र एर्गोनोमिक डिजाइन सहितको यो फोनको वजन जम्मा १६५ग्राम रहेको छ । यसले गर्दा एकै हातबाट पनि फोनको सहज तथा आरामदायी प्रयोग गर्न सकिन्छ ।

जीवनको सुन्दरता कैद गर्न एआई सञ्चारित फोटोग्राफी तथा भिडियो टुल्स
ओपो ए१२मा एआईद्वारा सञ्चारित डुअल रियर क्यामेरा(१३एमपी प्रमुख+२एमपी डेप्थ क्यामेरा जडान गरिएको छ । फोनमा रहेको १३एमपी प्रमुख क्यामेराले ब्रस्ट मोड तथा ६×डिजिटल जुम सपोर्ट गर्नुका साथै उच्च रिजोलुसन तथा गुणस्तर सहित प्राकृतिक दृष्य खिच्न सघाउँछ । त्यसैगरी, २एमपी डेप्थ क्यामेराले उत्कृष्ट पोट्रेट शट्स खिच्न डेप्थ डाटा प्रदान गर्दै पोट्रेट मोडमा सुदृढ बोके इफेक्ट दिन्छ । ओपो ए१२मा पोट्रेट शुटिङ र खाना तथा बनस्पति शुटिङका लागि दुई विशेष मोडको ब्यवस्था पनि गरिएका छन् । 

छोटा भिडियो मनपराउनेहरुका लागि ओपो ए१२मा सोलुप स्मार्ट भिडियो एडिटर पनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई ब्यवसायिक गुणस्तरका भिडियोहरु सिनेम्याटिक ईफेक्टका साथमा सहजै निर्माण गर्न सघाउँछ ।

भरपर्दो गुणस्तर र सेवा 
उच्च मानकका आधारमा निर्मित तथा विकसित ओपोका उत्पादनहरु उच्च गुणस्तरिय हुने गर्छन् । यी उत्पादनहरुमा कम्पनीले १ लाख(भोल्युम बटन टेस्ट, २ लाख(पावर बटन टेस्ट, २८ हजार( १० सीएम ड्रप टेस्ट परिक्षण गरिएका हुन्छन् ।

बजार उपलब्धता
ओपो ए१२को ३जीबी र्याम + ३२ जीबी रोम भ्यारियण्टको मूल्य रु. १८,५९० निर्धारण गरिएको छ र ४जीबी र्याम + ६४जीबी रोम भ्यारियण्टको मूल्य रु. २०,७९० निर्धारण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप