शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा एकैदिन थपिए ३९ जना कोरोना संक्रमित

आइतबार, १८ साउन २०७७, १८ : ३३
आइतबार, १८ साउन २०७७

पोखरा । गण्डकीमा एकैदिन ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान १०ः३० बजे र बेलुकी ४ः१५ मा सूचना निकालेर यो जानकारी दिएको छ । पछिल्लो अपडेटअनुसार पोखरामा ४ सहित बागलुङ, नवलपुर, गोरखा र तनहूँमा गरि १९ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १५ सय २४ पुगेको छ ।

बेलुकी ५ः१५ को प्रेस विज्ञप्तिमा स्वास्थ्य निर्देशनालयले पोखरामा थपिएका संक्रमितमध्ये २ महिला, २ पुरुष यसैगरि, बागलुङमा २, नवलपुरमा ९, गोरखा र तनहूँमा २, २ गरि ४ जना संक्रमित थपिएको जनाएको छ । गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ सय ४ पुगेको छ । गण्डकीमा एकै दिन ३९ संक्रमित थपिए भने देशभर २४६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप