बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

ठगि र मिटर ब्याजको आरोपमा बाबु पुन पक्राउ

आइतबार, १८ साउन २०७७, १५ : ५५
आइतबार, १८ साउन २०७७

घोराही । ठगि र मिटर ब्याजको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले आइतवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही निवासी बाबु पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले ठगि र मिटर ब्याजको आरोपमा घोराही बजारवाट पुनलाई पक्राउ गरेको जानकारी दिए ।

पुनविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको एसपी चन्दले बताए । पक्राउ परेका पुनमाथि थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए । 

दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमीत खड्काले कानुन विपरीतका कामहरुमा प्रहरीले निगरानी गरिरहेको बताए । ‘पुनको ‘ब्याकग्राउण्ड’ राम्रो नरहेको र विभिन्न गुन्डागर्दी अपराधजन्य घटनाहरुमा संलग्न रहेको पाइएको छ,’ डीएसपी खड्काले भने । 

गुन्डा नाइके विकास पुनको ग्याङवाट छुट्टिएर पुनले आफै ग्याङ बनाएर धम्क्याउने गर्दै आएका थिए । यसअघि पनि पुन पक्राउ परेर छुटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप