शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्तलाई न्याय दिलाउन अघि सरिन् अंकिता लोखंडेः निर्देशकले भने, ‘याद गर, अब उनीहरु तिम्रो पछि लाग्नेछन्’

आइतबार, १८ साउन २०७७, १३ : ५०
आइतबार, १८ साउन २०७७

सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलामा उनकी पूर्व प्रेमिका अंकिता लोखंडेले खुलेर कुराकानी राखिरहेकी छिन् । उनले हरेक अन्तर्वार्तामा सुशान्त कहिले पनि डिप्रेशनको शिकार हुन नसक्ने बताउँदै उनी स–सानो कुरामा खुसी हुने बच्चा जस्तै थिए भनेर जानकारी दिइरहेकी छिन् ।

अंकिताले आफू सुशान्तको परिवारसँग भएको र सुशान्तले न्याय पाओस् भन्ने चाहना राखेर आफू अगाडि आएको बताएकी छिन् 

अंकिताको बयानले खुसी भएका निर्देशक विवेक अग्निहोत्रीले ट्वीट गरे, ‘सुशान्त सिंह राजपूत साँच्चै नै डिप्रेशनमा थिएनन् । मानिसहरुले उनलाई बुझ्न गल्ती गरिरहेका छन् किनभने साधारण मानिसले सृजनशील मानिसहरुलाई बुझ्न सक्दैनन् । असाध्यै राम्रो अंकिता लोखंडे... कृपया आफ्नो ध्यान राख, अब उनीहरु तिम्रो पछि लाग्नेछन् । भगवानले तिमीलाई शक्ति प्रदान गरुन् ।’

स्मरण रहोस् गत मंगलबार पटनामा सुशान्तका पिताले रिया चक्रवर्तीमाथि मुद्दा दर्ता गरेपछि प्रहरीको एउटा टोली मुम्बईमा अनुसन्धानका लागि पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप