दयाहाङ र निरन्जलीको रोमान्समा ‘बल्ल–बल्ल भेट भो’
आइतबार, १८ साउन २०७७, ११ : १३
काठमाडौँ । अभिनेता दयाहाङ राई फिल्म अभिनयमा निकै व्यस्त रहेपनि कोरोनाको कहरका कारण लकडाउन भएपछि उनी फुर्सदिलो भए ।
अहिले लकडाउन खुलिसकेको अवस्था हो । तर, राज्यले फिल्म क्षेत्रको प्रतिबन्ध कायमै राखेको कारण गतिबिधि हुन सकिरहेको छैन । त्यसैले उनी फुर्सदिलो नै छन् ।
यो फुर्सदको समय दायहाङले म्यूजिक भिडियो अभिनय गरेर समेत बिताउन थालेका छन् । लकडाउन खुकुलोपछि खिचिएको दयाहाङ अभिनित एक म्यूजिक भिडियो ‘बल्ल–बल्ल भेट भो’ सार्वजनिक भएको छ ।
मिलन चाम्सको निर्देशन रहेको भिडियोमा दयाहाङले निरन्जली लामासँग कम्मर मर्काएका छन् । भिडियोमा क्षितिज सुवेदी समेत देखिएका छन् ।
दीपक शर्माको शब्द, संगीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो धुलिखेल आसपासका स्थानमा छायाँकन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ