शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रेन्डशीप डेः करन–काजोलदेखि कट्रिना–अनुष्कासम्म, बलिउडका ती सेलिब्रिटी जो लडे, छुट्टिए तर अहिले हुन् राम्रा साथी

आइतबार, १८ साउन २०७७, १० : ३९
आइतबार, १८ साउन २०७७

हरेकको जीवनमा साथीको महत्व अत्यधिक छ । हामी सबैको जस्तै बलिउड सेलिब्रिटीका पनि केही विशेष साथी छन् जोसँग उनीहरुको वर्षौं पुरानो दोस्ती  छ । सबैले झैं यी सेलिब्रिटी पनि आफ्नो साथीसँग भलगडा गर्छन् तर उनीहरुको पुनः मिलन पनि हुन्छ । आज फ्रेन्डशीप डेको मौकामा यी बलिउड सेलिब्रिटीबारे जानकारी लिऔंः

१. काजोल र करन जोहरः

करन जोहर र काजोलको दोस्ती र झगडा कसैबाट लुक्न सकेको छैन । दुबैको दोस्ती फिल्म ‘कभी खुसी कभी गम’ सँग सुरु भयो । यो दोस्ती यति गहिरो थियो कि हरेक सानो–ठूलो खुसीमा देख्न सकिन्छ । करनको थुप्रै फिल्ममा काजोल नै मुख्य भूमिकामा हुन्थिन्, मुख्य भूमिकामा नभए पनि उनी कुनै न कुनै रुपमा फिल्ममा देखिन्थिन् । तर एक समय यस्तो पनि आयो जब यी दुई बीचको सम्बन्धमा दरार आयो । कारण थियो करनको फिल्म ‘ऐ दिल हे मुश्किल’ र काजोलका श्रीमान् अजयको फिल्म ‘शिवाय’ एकैटिक रिलिज हुनु । यी दुई आफ्नो फिल्मको रिलिज डेट फेर्न तयार नभएपछि काजोलले श्रीमानको साथ दिँदै करनसँग कुराकानी गर्न बन्द गरेकी थिइन् । दुबैको फिल्म एकैपटक रिलिज भयो र अजयको फिल्मले निकै क्षती व्यवहोर्नुपर्यो । त्यसपछि यी दुईको सम्बन्धमा थप दरार आयो । कुरा यहाँसम्म पुग्यो कि करनले आफ्नो बायोग्राफीमा काजोलको नामसमेत लिएनन् । भनिन्छ, समयले घाउमा मलम–पट्टी लगाइदिन्छ । यी दुबैलाई एकपटक पुनः आफ्नो दोस्ती याद आयो र करनले काजोललाई आफ्नो बुकमा समावेश नगरेका कारण नेशनल टेलिभिजनमा माफी मागिन् । आज उनीहरु पुनः निकै मिल्ने साथीको रुपमा अघि बढिरहेका छन् ।

२. अजय देवगन–रोहित शेट्टीः

काजोलजस्तै अजय देवगन पनि दोस्ती निभाउन कोहीभन्दा कम छैनन् । अजय देवगन र रोहित शेट्टी बाल्यकालदेखिका साथी हुन् । यसै कारण रोहितको धेरैजसो फिल्ममा अजय मुख्य भूमिकामा देखिन्छन् । तर केही समय अघि रोहितले शाहरुख खानलाई ‘दिलवाले’ मा कास्ट गरे । यो कुराले अजय र रोहितबीच दुरी आयो । यो फिल्म फ्लप भएपछि रोहितले स्पष्ट रुपमा अजयका कारण नै यस्तो भएको भने । रोहितले भनेका थिए, ‘मेरो फिल्म नचलिरहेका बेला अजयले मलाई साथ दिएका थिए । अजयले ममाथि विश्वास गरेका थिए र मेरो फिल्म फ्लप हुँदा हुँदै पनि मसँग काम गरे ।’ रोहितको यो बयानपछि अजयले पनि पुरानो कुरा बिर्सिएर रोहित र आफ्नो अटुट दोस्तीको परिचय दिएका थिए ।

३. फराह खान र शाहरुख खानः

फराह खान न शाहरुख खान बलिउडमा निकै गहिरो सम्बन्ध भएका सेलिब्रिटी हुन् । यी दुई कुनै न कुनै माध्यममा एक–अर्काको फिल्मको हिस्सा बनिहाल्छन् । तर केही वर्ष अघि यी दुई बीचको सम्बन्धमा पनि फाटो आएको थियो । वास्तवमा फराह खानका श्रीमान् शिरिष कुन्दर शाहरुखलाई आफ्नो एक फिल्ममा कास्ट गर्न चाहन्थे तर शाहरुखले उनको फिल्म गर्न अस्विकार गरे । यस्तोमा फराह खानलाई चित्त दुख्यो र शाहरुखसँग टाढा हुन थालिन् । करिब पाँच वर्षसम्म उनीहरुबीच शीतयुद्ध चल्यो । तर अब यी दुईको सम्बन्ध पुनः सामान्य भइसकेको  छ ।

४. सलमान खान र सञ्जय दत्तः

सलमान खान र सञ्जय दत्त निकै मिल्ने साथी हुन् । केही वर्ष अघि जब ‘बिग बोस सिजन ५’ लाई सञ्जय दत्तले होस्ट गरिररहेका थिए तब अचानक निर्माताले उनलाई रिप्लेस गरेर सलमानलाई नै होस्ट बनाएका थिए । यो निर्णयले यी दुई सेलिब्रिटीको सम्बन्धलाई असर पुर्याएको र दुई बीच कुराकानीसमेत बन्द भएको  खबर सार्वजनिक भएको थियो । तर अब यी दुईको सम्बन्धमा कुनै समस्या छैन । जब सञ्जय दत्त जेलमा थिए तब सलमान उनलाई भेट्न पुगेका थिए । यस्तै सञ्जय दत्तले थुप्रै पटक सलमान उनको निकै मिल्ने साथ भएको र उनीहरुबीचको दोस्ती सधैं रहिरहने बताइसकेका छन् ।

५. अनुष्का शर्मा र कट्रिना कैफः

अनुष्का शर्मा र कट्रिना कैफको दोस्ती पनि कसैबाट लुक्न सकेको छैन । यी दुईले एकसाथ शाहरुख खान स्टारर फिल्म ‘जब त हे जान’ र ‘जिरो’ मा काम गरेका छन् । यी दुईलाई थुप्रै पटक थुप्रै च्याट शोमा सँगै देखिएको छ जहाँ उनीहरुले एक–अर्काको निकै तारिफ गर्ने गर्छन् ।  तर, केही समयअघि कट्रिनाका मेकअप म्यान कट्रिनालाई छोडेर अनुष्कासँग काम सुरु गर्दा उनी अनुष्कासँग रिसाएकी थिइन् । यसैकारण उनीहरुबीच सानो झगडा पनि भयो र केही समयका लागि उनीहरु एक–अर्कासँग टाढासमेत भए । तर फिल्म ‘जिरो’ सँगै यी दुईको दोस्तीले रङ्ग ल्यायो ।

६. रणवीर सिंह र अर्जुन कपुरः

अर्जुन कपुर र रणवीर सिंह फिल्ममा आउनुअघि निकै राम्रो साथी थिए । तर फिल्म ‘गुंडे’ को क्रममा यी दुई बीच इगोको लडाईं सुरु भयो । यी दुईलाई एक–अर्काको उपस्थिती मन पर्दैनथ्यो । तर केही समयमा नै यी दुईले आफूबीचको दुरी समाप्त गरे । अब उनीहरुलाई धेरैजसो अवार्ड कार्यक्रम, च्याट शो र सोसल मिडियामा एक अर्काको खिल्ली उडाइरहेको देख्न सकिन्छ । यी दुईले एकपटक भनेका थिए, ‘ये दोस्ती हम कभी नही तोडेङ्गे’ ।

७. सलमान खान र शाहरुख खानः

दोस्तीको कुरा गर्दा सलमान र शाहरुख खानको नाम नआउने त कुरै छैन । यद्यपि, केही समय अघि यी दुईको सम्बन्धमा तित्तता छाएको थियो । कारण थिइन् ऐश्वर्या राय बच्चन । वास्तवमा त्यतिबेला सलमान–ऐश्वर्याको ब्रेकअप भएको थियो र ऐश्वर्या शाहरुखको फिल्ममा काम गरिरहेकी थिइन् । सलमानले शाहरुखको फिल्म सेटमा गएर ठूलै हंगामा गरेका थिए । त्यसपछि यी दुईको बालचाल नै बन्द भयो । केही समयपछि उनीहरुको पुनः बोलचाल भयो तर सन् २००८ मा कट्रिना कैफको पार्टीमा नशामा मात्तिएका स्टार्स बीच एकपटक पुनः झगडा भयो । हात हालाहालको स्थितीसमेत निम्तियो । यो झगडा पछि भने उनीहरुको थुप्रै वर्षसम्म बोलचाल बन्द भयो । सन् २०१४ मा बाबा सिद्दीकीको पार्टीमा यी दुईले पुनः आफ्नो सम्बन्धलाई सुचारु गरे । आज उनीहरु निकै मिल्ने साथी हुन् ।

८. सलमान खान र प्रिटी जिन्टाः

सलमान खानको नायिका प्रिटी जिन्टासँग पनि निकै राम्रो सम्बन्ध छ । प्रिटीले अभिनयबाट ब्रेक लिएर निर्माता बन्ने सोच बनाइन् तब उनी ठूलो आर्थिक संकटमा फसेकी थिइन् । समस्याका कारण प्रिटीलाई न त फिल्म बनाउन सकिने न त पैसा नै बचाउन सकिने भन्ने लाग्यो । यस्तो अवस्थामा सलमानले प्रिटीलाई सहयोग गरे र उनको फिल्म ‘इश्क इन पेरिस’ पूरा गर्न र रिलिज गर्न सहयोग गरे । प्रिटीले थुप्रै पटक भनिसकेकी छिन्, ‘सलमान यस्ता व्यक्ति हुन् जसका लागि म चट्टानको रुपमा उभिनेछु ।’ यी दुईबीच कहिले पनि वैमनश्यता उत्पन्न भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप