शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा कोरोनालाई जितेका ६ जना डिस्चार्ज

शनिबार, १७ साउन २०७७, १९ : ०९
शनिबार, १७ साउन २०७७


वीरगन्ज । पर्सामा शनिबार ६ जना कोरोनालाई जितेर  डिस्चार्ज भएका छन् । 

नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकबाट ६ जना पुरुष डिस्चार्ज भएका नारायणी अस्पतालका डा.उदयनारायण सिंहले जानकारी दिए । 

डिस्चार्ज हुनेमा सबै पुरूषहरू पर्सा जिल्लाकै रहेको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिए । 

उनीहरुको कोरोना संक्रमण पुष्टि भएको १० दिनमा कोरोनालाई जितेर घर फर्केको उनले बताए । 

गण्डक कोभिड अस्पताललमा पछिल्लो समय ६० जना संक्रमित भर्ना गरिएकोमा २६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप