शिवशंकर रिजाल ‘जोगिन्दर’ को नाममा बनेको नेपाली गुट्का सोमबारदेखि बजारमा
काठमाडौं । जोगिन्दर पानवाला उपनामले लोकप्रिय अभिनेता शिव शंकर रिजालको नाममा ब्रान्ड निस्किने भएको छ । पान पसलेको रुपमा जोगिन्दरको भूमिकामा प्रस्तुत हुने उनको नाममा नेपाल ब्राण्डको एउटा गुट्खा निस्किने भएको हो ।
यही साउन १९ गते सोमबारदेखि बजारमा उपलब्ध हुने गुट्खाको नाम नै ‘जोगिन्दर गुट्का’ राखिएको छ । नेपाली कलाकारिताको इतिहासमै कुनै पनि कलाकारको उपनामबाट निस्किन लागेको प्रोडक्ट नेपालमा सम्भवतः यो पहिलो हो ।
‘मेरो नाममा प्रोडक्ट निकाल्दै छु भनेपछि मलाइ खुशी लाग्यो’ कलाकार रिजालले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीले प्रस्तुत गरेको क्यारेक्टरमा लगानी गरेर कसैले स्वदेशमा रोजगारीको अवसर ल्याउछ भने हामी खुशी हुनुपर्छ ।’
उत्पादक पूजा सुर्ती उद्योगका सञ्चालक हिरालाल शाहले पनि आफुले कम्पनी स्थापना गर्दै स्वदेशमा रोजगारीको सृजनामा लागेको बताए । ब्राण्डका लागि अन्य नाम पनि कल्पना गरे पनि अरुसंग मिल्दो भएपछि आफुलाई मनपर्ने टेलिभिजन कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’ बाट जोगिन्दर सापटी लिँदै प्रोडक्ट नै बजारमा ल्याएको उनको भनाइ छ ।
पान व्यवसायी हिरालाल जोगिन्दरको टेलिभिजन कार्यक्रमका नियमित दर्शक समेत हुन् । ‘हामी पान व्यवसायीको शान जोगिन्दरजीले बढाउनु भएको छ । त्यसैले उहाँको सम्मानमा प्रोडक्ट
बजारमा ल्याएका हौँ,’ शाहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार