बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट पर्सामा थप एकको मृत्यु

शनिबार, १७ साउन २०७७, १७ : ११
शनिबार, १७ साउन २०७७

पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत एक जना महिलाको कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ । 
ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।  
शुक्रबार राति आएको रिपोर्टमा ६४ जनामा संक्रमण देखिएको र त्यसमध्ये बयोधामा निधन भएकी महिलामा पनि संक्रमण रहेको पुष्टि भएको सिंहले बताए । 

शुक्रबार बिहान मृत्यु भएकी महिलाको शव अहिलेसम्म पनि अस्पतालमा नै रहेको छ । उनको शवको व्यवस्थापन गर्ने तयारी भएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए । 
यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप