मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले भने, ‘नेकपामा पदको झिनाझिप्टी हुँदै होइन’

‘आन्तरिक संघर्षका कारण पार्टी विभाजन हुँदैन’
शनिबार, १७ साउन २०७७, १३ : ३५
शनिबार, १७ साउन २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपामा पदका लागि विवाद नरहेको बताएका छन् । तुलसीलाम आमात्यको स्मृतिमा आयोजित एक कार्यक्रममा उनले भने, ‘पार्टीमा पदको लागि झिनाझिप्टी बिल्कुलै होइन, पार्टीको विचार र पद्दतीलाई कसरी अगाडी बढाउने विषयमा बहस भइरहेको हो ।’

पदभन्दा ठूलो कुरा जनताको सेवा नै भएको जिकिर गर्दै उनले राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र जनतालाई सेवा गर्ने मुख्य उद्देश्यका साथ पार्टीका विचार र पद्दतीको विषयमा छलफल भइरहेको उनले दाबी गरे । उनले भने, ‘अस्थिरता झल्किने कुनै पनि काम नहोस् भनेर त्याग गरेर आएका नेता हामी हौँ । त्यसैले पदका लागि हामी कहिले झगडा गर्दैनौँ । विचार र पद्दतीको पालना कसरी हुन्छ त्यसका लागि छलफल भइरहेको छ ।’

ठूलो योगदान र बलिदानबाट पार्टी एकता भएको र त्यसलाई रक्षा गर्न आन्तरिक संघर्ष चलिरहेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ गर्नु नै मुख्य चिन्ता रहेको बताए ।

प्रतिकृयावादीहरुले यो कम्युनिस्टहरु पदका निम्ति झिनाझिम्टी गरिरहेको भनेर भ्रम फैलाइएको दावी गर्दै उनले त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरे । ‘पार्टीभित्र देखिएको आन्तरिक संघर्षका कारण पार्टी विभाजन हुन्छ कि भनि धेरैलाई लागेको होला तर त्यस्तो होइन । पार्टीको विचार र पद्दतीका लागि मात्र आन्तरिक संघर्ष चलिरहेको हो,’ उनले स्पष्ट पारे । यो संघर्ष र बहसले पार्टीलाई अझै दिगो र बलियो बनाउने बताउँदै उनले बहसलाई अझमाथि लगेर पार्टी एकतालाई बलियो बनाउनुपर्ने धारणा राखे ।

पार्टी फुटाउने र टुटाउने कामलाई परास्त गर्दै आगडि बढ्नुपर्ने बताउँदै उनले पार्टीका आम कार्यकर्ता र आमजनताको चाहना पार्टी विभाजन नहोस् भनि चिन्ता जाहेर भइरहेको छ । यद्यपि पार्टी एकतालाई बचाउने नाममा विचार र पद्दतीको बसहलाई रोक्न नहुने बताए ।

अहिलेका नेताहरुभन्दा पुराना पिढीका नेताहरु पार्टीको विचार र सिद्धान्तप्रति इमान्दार रहेको बताउँदै उनले भने, ‘पुरानो पीढीका नेताहरुले आफ्नो विचार बडो इमान्दारीपूर्वक राख्थे । उनीहरुमा कुनै पनि प्रकारका छलछाम हुँदैन थियो । उनीहरु कुटनीति वा जालसाजीभन्दा पनि हरेक कुरा सिधा राख्ने गर्थे ।’ उनले कार्यक्रममा तुलसीलाल आमात्यको योगदानलाई स्मरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप