शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट सबैभन्दा धेरै ज्यान गुमाउनेमा मेक्सिको तेस्रो स्थानमा

शनिबार, १७ साउन २०७७, १२ : ०२
शनिबार, १७ साउन २०७७

कोरोनाभाइरसबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा उक्लिएको छ । मेक्सिकोभन्दा अगाडि अमेरिका र ब्राजिल मात्र रहेका छन् । पछिल्लो तथ्यांक अनुसार महामारी सुरु भएयता शुक्रबारसम्म मेक्सिकोमा ४६ हजार ६८८ जनाले ज्यान गुमाएका छन् ।  शुक्रबार एकै दिन ६८८ जनाको मृत्यु भएको थियो । देशमा ४ लाख २३ हजार ६३७ जना संक्रमित रहेका छन् । यसअघि ४६ हजार २०४ मृत्युसहित सबैभन्दा धेरै ज्यान गुमाउनेको देशको सूचीमा तेस्रो स्थानमा बेलायत रहेको थियो ।

स्थानीय अधिकारीहरुले मेक्सिकोमा कूल संक्रमितको संख्या तथ्यांकमा देखिएभन्दा धेरै रहेको हुनसक्ने बताएका छन् । संक्रमितको संख्या बृद्धि भइरहँदा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले भने देशको अर्थतन्त्रलाई पुनः चलायनमान बनाउन आतुर छन् । उनको सरकारले मेमा चरणबद्धरुपमा लकडाउन खुला गर्ने योजना घोषणा गरेको थियो । 

मध्य जुनदेखि हजारौँ कामदारहरु काममा फर्किएका थिए । त्यस्तै जुलाईदेखि अन्य व्यवसायलाई खुला गर्ने अनुमति दिइएको थियो । आलोचकहरुले भने लकडाउन गर्न ओब्राडोरले ढिलाइ गरेको र अहिले लकडाउन खुकुलो बनाउन हतारो गरेको आरोप लगाएका छन् ।

यता, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको असर दशकौँसम्म रहने चेतावनी दिएको छ ।

स्रोत : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप