मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

शनिबार, १७ साउन २०७७, ०७ : ३०
शनिबार, १७ साउन २०७७

काठमाडौं – नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् । 

दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । 

उनीहरुले दुई अध्यक्षबीचको एकताले नै पार्टी मजबुत हुने भन्दै सोहीअनुसार अघि बढ्न सुझाव अध्यक्ष प्रचण्डलाई सुझाएका हुन् । 

आफ्नै नेताहरुबाट दबाबमा परेका अध्यक्ष प्रचण्डले पनि आफू पार्टी एकता जोगाउन लचिलो बनिरहेको बताउँदै पार्टी एकताको रक्षा गरिने जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप