अमेरिकाको चीनविरुद्ध फेरि अर्को कदमः चिनियाँ कम्पनीमाथि लगायो प्रतिबन्ध
एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनी सिन्जियाङ प्रोडक्सन एण्ड कन्स्ट्रक्सनका उत्पादन र त्यहाँ कार्यरत अधिकारीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकाले उक्त कम्पनीका अधिकारी सुन जिनलोङ र पेङ जियारुईमाथि पनि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी वित्त मन्त्रालयले उक्त कम्पनी र यसका कार्यकारीहरुमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।
उनीहरुमाथि अमेरिकाले चीनको शिन्जियाङ प्रान्तमा रहेका उइगुर मुसलमान समुदायमाथि उत्पीडन गरेको र मानवअधिकार उल्लंघनका घटनामा सहभागी भएको आरोप लगाएको छ ।
यो प्रतिबन्धपछि उक्त कम्पनी र त्यसका २ अधिकारीले अब अमेरिकी अर्थव्यवस्थाभित्र आर्थिक कारोबार गर्न पाउने छैनन् । योसँगै अब उनीहरुलाई अमेरिका प्रवेशमा समेत प्रतिबन्ध लाग्नेछ र प्रतिबन्धित कम्पनीको सम्पत्ति जफत हुनेछ ।
अमेरिकाको यो पछिल्लो कदमले चीनसँगको सम्बन्धमा थप संकट आउने अनुमान गरिएको छ । एक हप्ताअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्युस्टनमा रहेको चीनको वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएका थिए । त्यसलगत्तै चीनले पनि चेंगदुस्थित अमेरिकी दूतावास बन्द गरेको थियो । जुलाईमा नै अमेरिकाले शिनजियाङको कम्युनिष्ट पार्टीका सचिवसहित ३ नेतामाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु