शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा यसरी मनाइयो इन्द्रजात्रा (११ तस्विरमा हेर्नुहोस्)

मङ्गलबार, २७ भदौ २०७४, ०८ : ००
मङ्गलबार, २७ भदौ २०७४

वाशिंगटन डिसी - नेवा अर्गनाईजेसन अफ अमेरिका (एनओए)ले इन्द्र जात्रा (येन्या पुन्ही)मा ऐतिहासिक नाटक प्रस्तुत गर्दै इन्द्रजात्रा मनाएको छ । सेप्टेम्बर १० मा मेरिल्यान्ड राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा ७ औ ईन्द्रजात्रा मनाइएको हो ।

कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समयबजीको साथै अष्टमातृका, गणेश, भैरव, कुमारीको नृत्य, पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए । 

काठमाडौँ उपत्यकाको झल्को आउने गरी विभिन्न प्रस्तुतिको साथ मनाइएको इन्द्रजात्रामा नेवा समुदायको साथै अमेरिकाका विभिन्न राज्यबाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो । 

प्रमुख अतिथि राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि)ले दूताबासको तर्फबाट आयोजकलाई शुभकामना दिँदै नेवा समुदाय आफ्नो संस्कृति र परम्परा जोगाउन निक्कै कटिबद्ध रहेकोमा खुशी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप