सिन्धुपाल्चोकका बाढी पीडितलाई नेबिसंघ र तरुण दलको सहयोग
सिन्धुपाल्चोक। नेविसंघ र तरुण दलले सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका छन् । सिन्धुपाल्चोक गुन्टे गाउॅंका करिब ४० परिवारलाई खाद्यान्न सामग्री र त्रिपाल, ब्ल्यांकेट लगायतका राहत सामग्री वितरण गर्नेगरी शुक्रबार हस्तान्तरण गरिएको छ ।
बाढी पहिरो पीडितका लागि नेबिसंघका केन्द्रीय महामन्त्री एवम् नेपाली कॉंग्रेस सिन्धुपाल्चोकका नेता बलदेव तिमल्सिना, नेपाली कॉग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति भुपेन्द्रबहादुर थापा र नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष तथा कॉंग्रेस महासमिति सदस्य दोर्जे लामाले राहत संकलन गरेका थिए ।
नेपाली कॉंग्रेसका तर्फबाट जुगल गाउॅंपालिका अध्यक्षका प्रत्यासी जय बहादुर लामा,जुगल गाउँपालिका ५ का वडा अध्यक्ष सनत कुमार अधिकारी, वडा नं ५ का इकाइ सभापति तथा अध्यक्षका प्रत्यासी निमा लामा लगायत स्थानीय नेताहरुलाई शुक्रबार सो सामग्री हस्तान्तरण गरिएको नेबिसंघका महामन्त्री तिमल्सिनाले बताए ।
नेपाल तरुण दल र नेबिसंघ र नेपाल महिला संघको संयोजनमा सामग्री बितरण गर्न आजै त्यसतर्फ लगिएको नेपाल महिला संघ की अध्यक्ष गीता नेपालले जानकारी गराइन् ।
उक्त सामग्रीहरु हस्तान्तरण गर्ने क्रममा नेपाली कॉंग्रेसका महासमिति सदस्य कृष्ण न्यौपाने,महिला संघ सिन्धुपाल्चोक अध्यक्ष गीता नेपाल, तरुण दलका उपाध्यक्ष कर्मा लामा,सचिब जित बहादुर थिंग,कोषाध्यक्ष निमा लामा, नेपाली कॉंग्रेस त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष देबीराज श्रेष्ठ, लिसंखुपाखर गाउँपालिका अध्यक्ष डुबाछिरीग लामा, नेबिसंघ उपाध्यक्ष नबिन श्रेष्ठ लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु