रुपन्देहीमा विप्लव समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ
शुक्रबार, १६ साउन २०७७, १९ : २७
बुटवल । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला ईन्चार्जसहित १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई बुटवलबाट पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिको मोतिपुरबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत छन् । जसमा १ जना महिला पनि रहेकी छन् । रुपन्देहीका प्रहरी प्रहरी प्रवक्ता खड्कबहादुुर खत्रीले प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरू गरेको बताए । उनले पक्राउ परेकाहरुको दर्जा पनि सोधखोज भइरहेको रातोापटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा