काभ्रेमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काभ्रे । काभ्रे प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धुलिखेल नगरपालिका वडा नं. ११ आरुबोट कैदीटोल बस्ने बर्ष ५४ को कामीसिं तामाङको हत्या गरेको आरोप लागेका २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धलिखेल नगरपालिका ११ बस्ने सञ्जिव मैनाली र सोही स्थानमा बस्ने रुपेन्द्रमान लामा रहेका छन् ।
प्रहरीले रुपेन्द्रमान लामालाई साउन १५ गते धुलिखेल नगरपालिका–११ बाट पक्राउ गरेको थियो भने सन्जिव मैनालीलाई १५ गते राती ललितपुर महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँगुबाट पक्राउ गरेको हो । कामीसिं साउन १५ गते बिहान ५ः ३० बजे काभ्रे पाँचखाल नगरपालिका १० बेलास्थित बिपि राजमार्ग सडक खण्डबाट पाँचखाल जाने भित्री कच्ची सडक खण्डमा मृत फेला परेका थिए ।
प्रहरीका अनुसार मैनाली र लामाले कामीसिंलाई घाँटीमा बाँधेर केही परसम्म घिसारी टाउको र शरीरमा ढुंगाले हानेर हत्या गरेका थिए । हत्यालगत्तै उनीहरु फरार रहेका थिए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले म्याद थप गरी आवश्यक अनुसन्धान कार्य सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’