शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सत्याग्रहीहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्नुपर्छ: कमल थापा

शुक्रबार, १६ साउन २०७७, १८ : २१
शुक्रबार, १६ साउन २०७७

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।  शुक्रबार विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ अवस्थाबारे जानकारी लिने क्रममा उनले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले काठमाडौंको वसन्तपुर पुगी “इनफ इज इनफ” अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट गरेका छन् ।

“इनफ इज इनफ” अभियानले आज बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको थापाले निन्दा समेत गरे । उनले काठमाडौं उपत्यकासँगै मुलुकका ठुला शहरहरुमा कोरोना संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता गर्दै महामारी नियन्त्रणमा निष्प्रभावी भएको भन्दै सरकारको आलोचना गरे । थापासँग पार्टीका नेताहरु पूर्वमन्त्री विक्रम बहादुर थापा, चन्द्रबहादुर गुरुङ्ग, राजाराम बर्तौला लगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप