
सुन तस्करी प्रकरणमा मुछिएका सुराकको कोठाबाट भेटियो ‘सुन’

काठमाडौँ । सुन तस्करीका सुराक उमेश श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले बागबजारस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बारमद गरेको हो ।
सो धातु परिक्षण गर्न पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता राजकुमार केसीले रातोपाटीलाई जानकारी दिए । श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन अप्रेशनमा मुछिएका छन् ।
सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए । श्रेष्ठलाई दरबारमार्ग वृतको हिरासतमा राखेर सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ