‘चिसो मान्छे’ र ‘लकडाउन’ बनाउदै दीपेन्द्र
काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले दुई फिल्म घोषणा गरेका छन् । आफ्नै लेखन तथा निर्देशनमा उनले दुई फिल्म निर्माणको घोषणा गरेका हुन् ।
दीपेन्द्रले चलचित्र बिकाश बोर्डमा बिहीबार ‘चिसो मान्छे’ र ‘लकडाउन’ नामका दुई फिल्म आधिकारीक रुपमा दर्ता गर्दै निर्माण घोषणा गरेका हुन् ।
दुबै फिल्मका निर्माता शर्मिला पाण्डे रहेकी छन् । लकडाउन अगाडि ‘आमा’ फिल्म निर्देशन गरेका निर्देशक खनालले दुई फिल्म मध्य ‘चिसो मान्छे’ पहिले निर्माण हुने बताए ।
सामाजिक बिषयमा निर्माण हुने दुबै फिल्मको छायाँकन सरकारले फिल्म क्षेत्र खोलेपनि हुनेछ । अहिले फिल्मको प्रिप्रोडक्सन कार्यमा निर्माण युनिट जुटेको छ ।
फिल्मका लागि सुटिङ स्पोट लगायत रिसर्चका लागि निस्कने तयारीमा दीपेन्द्र छन् । फिल्म छायाँकनमा जानु अगाडि कलाकार तथा निर्माण युनिट समेत सार्वजनिक गरिने निर्देशक दीपेन्द्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार